रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ५६ करोड ६४ लाख बराबरको बजेट प्रस्ताव गरेको छ ।
बजेटमा यस आर्थिक बर्ष अध्यक्ष र उपाध्यक्षले विनियोजन गर्न पाउने गरी तीन करोड रुपैयाँ छुट्याईएको छ ।
अध्यक्षको जगेडा कोषका लागि २ करोड र उपाध्यक्षको जगेडा कोषका १ करोड राखिएको छ ।