Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » “बुद्ध शिक्षा र बुद्ध शिक्षक” तथा “विपश्यना, ज्ञान र ध्यान” को एक दिवसीय सेमिनार सम्पन्न

    “बुद्ध शिक्षा र बुद्ध शिक्षक” तथा “विपश्यना, ज्ञान र ध्यान” को एक दिवसीय सेमिनार सम्पन्न

    By सूचनापाना१२ असार २०८०, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    दोलखा । “सुखी समाजको चाहनाः बुद्ध शिक्षाको अवधारणा” को नारा सहित बुद्ध विचार, बुद्ध व्यवहार र बुद्ध ज्ञानको माध्यमबाट “सुखी समाज निर्माण” गर्ने अभियान अन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरुलागि आयोजित “बुद्ध शिक्षा र बुद्ध शिक्षक” तथा “विपश्यना, ज्ञान रध्यान” अभ्यास सहितको एक दिवसीय सेमिनार सम्पन्न भएको छ ।

    SuchanaPana.com

    उक्त कार्यक्रम दोलेन्द्र बुद्ध शिक्षा सदन, ललितपुरका श्री प्रेम शाक्यको सहयोग, स्थानिय संयोजक भगवान दाश श्रेष्ठ, शिक्षक शंकरलाल श्रेष्ठ तथा हरि प्रसाद दहालको सक्रियतामा श्री राजकुलेश्वर आधारभूत विद्यालयमा असार ९ गते शनिबार आयोजना भएको थियो ।

    कार्यक्रमको प्रमुख अतिथी तथा मूल प्रस्तोता, बौद्ध दर्शनमा आधारित ऐतिहासिक, धार्मिक सांस्कृतिक पर्यटनको विकास गर्ने लक्ष्य लिएको बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल जिरीका अध्यक्ष तथा बुद्धिष्ट कलेज जिरीका प्रिन्सिपल ईन्द्रबहादुर खड्काको मूल प्रस्तुतिबाट कार्यक्रम उद्घाटन भएको थियो ।

    खड्काले हाम्रो जीवन, हाम्रो समाज सुखी बनाउने हो भने बुद्ध शिक्षाको विकल्प छैन भन्दै उपस्थित शिक्षकहरुलाई बुद्धद्वारा गृह त्याग देखि परिनिर्वाण तथा परिनिर्वाण पश्चात विश्व समाजमा बुद्ध शिक्षाको चमक, यसको प्रभाव तथा प्रभावकारिताको बारेमा प्रष्ट पारे ।

    अर्का प्रस्तोता महेन्द्रकुमार शाक्यले बुद्धका बारेमा जान्नै पर्ने कुराहरुमा जोड दिँदै पन्चशील पालन गर्नमा जोड दिए । तेस्रो वक्ता डा। सुनिल मास्केले बुद्ध, शिक्षा, बुद्ध शिक्षा, शिक्षक बुद्धको बारेमा दृष्टान्त सहित चर्चा गर्दै “बुद्धतत्व” भएका दोलखाली शिक्षकहरुले विश्वका महान शिक्षक बुद्धको ज्ञान आर्जन गरि उक्त ज्ञानबाट सबै लाभान्वित होउन भनि जिल्लाबासीलाई ज्ञान बाँडेर सबै जना लगनशील भएर काम गर्न जागरुक बनाएको खण्डमा सुख, शान्त र समृद्ध समाज निर्माण गर्न धेरै समय नलाग्नेमा जोड दिदैँ सम्पूर्णमा हातेमालोको लागि आह्वान गरे ।

    अन्तिम प्रस्तोता प्रेम शाक्यले “अप्पो दीप भवः” अर्थात बाह्य संसारमा नभौंतारी हाम्रो सुख हामी भित्र नै निहित छ, त्यसलाई विशेष प्रकार अर्थात “विपश्यना ध्यान”बाट खोजौँ भनेर अभिधम्म, विपश्यना ज्ञानका बारेमा सरल भाषामा प्रस्तुती दिएका थिए । विपश्यनाको प्रभावले आफू क्यानसर जस्तो भयानक रोगबाट पनि सूरक्षित हुन सकेको जीवन्त उदाहरण प्रस्तुत गर्दै सहभागी सबैलाई विपश्यना ध्यान अभ्यास गराए। साथै विपश्यना ध्यान अभ्यास नियमित रुपमा गर्न विशेष अनुरोध गरेका थिए ।

    कार्यक्रम संचालक भगवान दाश श्रेष्ठले आफूलाई यस्तै समाज सेवा काममा जाँगर चलेको बताउँदै बाँकी जीवन “सुखी समाज निर्माण” कार्यमा आफु सक्रिय रहने र आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम संचालन गर्ने वचन दिँदै सबैलाई सक्रिय साथसहयोगको लागि आह्वान गरे ।

    यस कार्यक्रमका सक्रिय सदस्य शिक्षक शंकरलाल श्रेष्ठले कार्यक्रमको समिक्षा गर्दै फरक प्रकृतिको कार्यक्रममा सहभागी भर्इ, जुन जीवनका लागि अपरिहार्य भएको अनुभूति महशुस भएको चर्चा गरे। अज्ञानतावस हामीले के खान हुने हो के खान नहुने थाहै नपाई खान हुने पनि खाएका छौं नहुने पनि खाएका छौं, कति खाँदा हुने हो कति नखाने हो त्यो पनि थाहा छैन तर अन्धभक्त लागेका छौं, भ्रममा बाँचेका छौं, यो हाम्रो दुर्भाग्य हो । वास्तवमा बुद्ध शिक्षा जीवन जिउने शिक्षा हो । उक्त ज्ञान मैले ईन्द्र सरको धारावाहिक रेडियो कार्यक्रमबाट हाँसिल गर्ने मौका पाएँ, आज प्रत्यक्ष सुन्न पनि पाएँ । यो बुद्ध शिक्षा जीवनलाई सार्थक पार्ने, सुखी जीवन जिउने तथ्यपरक, सत्यपरक, वस्तुपरक छ, बैज्ञानिकले पुष्टि गरेको बैज्ञानिक शिक्षा हो । त्यसकारण यो शिक्षाले जीवन सुखमय बनाउछ । सुखी समाज बनाउँछ भन्ने कुरामा आफू निश्चिन्त भएको श्रेष्ठले बताए ।

    त्यसैगरि पूर्व शिक्षक बाबुराम शर्माले ५ घण्टाको यस सेमिनारमा बुद्धको जन्म देखि मृत्यु, उनका शिक्षा, विपश्यना ज्ञानदेखि ध्यान अभ्याससम्म सिक्न पायौं, हामीले कति ग्रहण गर्न सक्यौँ र जति ग्रहण ग¥यौं त्यसलाई मात्र हामीले व्यवहारमा उतार्न सक्यौँ भने सार्थक हुने बताए।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.