Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा

    प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा

    By सूचनापाना१८ असार २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ ।

    SuchanaPana.com

    परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डको भ्रमण आगामी सेप्टेम्बरमा हुने तय भएको जानकारी दिएका हुन् ।

    परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए । आर्थिक रूपमा मात्रै होइन विश्वमहाशक्तिका रूपमा उदाउँदै गरेको प्रधानमन्त्रीको चीन भ्रमण नेपालका लागि फलदायी हुने बताए ।

    ‘लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्त्वपूर्ण हुनेछ । सार्थक हुनेछ,’ उनले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको छ, राष्ट्रको हितलाई केन्द्रमा राखेको छ । सैन्य गठबन्धनमा तटस्थ छ ।’

    उनले नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा रहेकाले दुवैतिर सन्तुलित सम्बन्ध राखेर राष्ट्रको हितमा काम गर्न सरकार तयार रहेको बताए ।

    ‘भारतसँग हाम्रो दुई तिहाइ व्यापार चलिरहेको छ । सामाजिक र सांस्कृतिक सम्बन्ध छ । नदीहरू समुद्रसम्म पुग्दा भारत भएरै बग्ने गर्छन् । हाम्रो घनिष्ठ सम्बन्ध छ,’ उनले भने, ‘पारवहनका लागि तेस्रो मुलुकबाट हुने व्यापार मात्रै चीनबाट हुने व्यापारको पनि हिन्दमहासागर मार्फत नै आउने हुनाले भारतसँग पनि सम्बन्ध राख्नुपर्ने आवश्यकता छ ।’

    उनले उत्तरी छिमेकी चीन विश्वव्यापी रूपमा शक्ति राष्ट्रका रूपमा उदाइरहेको भन्दै त्यसको सकारात्मक सदुपयोग गर्न सकिने बताए ।

    ‘चीन आर्थिक हिसाबले मात्रै होइन, एउटा महाशक्ति राष्ट्रका रूपमा उदाइरहेको छ,’ उनले भने, ‘चीनको त्यो विकाशको छलाङलाई नेपालको सन्दर्भमा पनि त्यसको सकारात्मक उपयोग गर्न सक्यौँ भने हामी चीनको र भारतको उदाउँदो अर्थतन्त्रबाट हामी प्रतिफल लिन सक्दछौँ ।’

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.