Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    २८ असार २०८२, शनिबार

    आज ३३ जिल्लामा बाढीको जोखिम

    २८ असार २०८२, शनिबार

    सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    २८ असार २०८२, शनिबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघ्यो

    नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघ्यो

    By सूचनापाना१८ असार २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड रुपैयाँ पुगेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । यो हिसाबबाट सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँभन्दा बढी भएको हो ।

    SuchanaPana.com

    पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोक्ताको भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको भाउसमेत बढ्ने गर्छ । तर निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भाउ घटिरहँदा पनि पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन ।

    अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजलमा १३ रुपैयाँ, मट्टीतेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य हवाई इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमासमेत निगम प्रतिसिलिन्डर सात सात रुपैयाँ नाफामा छ ।

    निगमले आईओसीको झन्डै २४ अर्ब रुपैयाँ बक्यौता पनि तिरिसकेको छ । गएको सेप्टेम्बर महिनादेखि निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको कारोबारमा नाफा कमाइरहेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका बेला त्यसै अनुपातमा नेपालमा शुल्क नबढाइएकोले घाटा भएको र त्यसलाई पूर्ति गर्न अहिले मूल्य कम घटेको निगमका प्रवक्ता मनोज ठाकुरको दाबी छ । यस पटक छिटै सञ्चालक समिति बैठक बसेर उपभोक्ता मूल्य घटाउने गरी गृहकार्य गरिरहेको प्रवक्ता ठाकुरले बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    २८ असार २०८२, शनिबार

    आज ३३ जिल्लामा बाढीको जोखिम

    २८ असार २०८२, शनिबार

    सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    २८ असार २०८२, शनिबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    पर्सा । पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका–३ शिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध…

    आज ३३ जिल्लामा बाढीको जोखिम

    २८ असार २०८२, शनिबार

    सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    २८ असार २०८२, शनिबार

    बैतडी जीप दुर्घटना अपडेटः दुई जनाको मृत्यु

    २८ असार २०८२, शनिबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    २८ असार २०८२, शनिबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.