काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले खेतिपाती गर्न आफ्ना नेता तथा कार्यकर्तालाई २० दिन ‘छुट्टी’ दिएको छ।
पार्टीबाट छुट्टी पाएपछि अहिले विप्लवसहित नेकपाका नेता कार्यकर्ता खेतीपातीका लागि आ(आफ्नो जिल्ला तथा क्षेत्रमा खटिएका छन्।
कृषि बिदा रहेका बेला नेता-कार्यकर्ताले राजनीतिक गतिविधि केही पनि नगर्ने एक नेताले बताए।
नेकपाले कपिलवस्तुमा विप्लव, चितवनमा खड्क विश्वकर्मा ‘प्रकाण्ड’ र बर्दियामा भरत बमको नेतृत्वमा धान रोपेको छ। गत असोजमा सम्पन्न नेकपाको नवौँ महाधिवेशनले आधारभूत तरिकाबाट आत्मनिर्भर हुन श्रम र समयको सदुपयोग गर्ने निर्णय गरेको थियो।
त्यही निर्णयअनुरूप नै अहिले पार्टीका सबै पङ्क्तिका नेता-कार्यकर्ता खेतीपातीमा व्यस्त भएको नेकपाले जनाएको छ।