रामेछाप । रामेछाप नगर उद्योग वाणिज्य संघको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अमित तामाङको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।
सोमबार नगरपालिकामा रहेर विभिन्न व्यवसायहरु गर्दै आएका व्यवसायीहरुको संस्थाको रुपमा रहेको रामेछाप नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनले नयाँ कार्यसमिती पनि सर्वसम्मत रुपमा चयन गरेको हो ।
जस अन्तर्गत अध्यक्षमा अमित तामाङ,वाणिज्य उपाध्यक्षमा रविन्द्र श्रेष्ठ,उद्योग उपाध्यक्षमा देब बहादुर श्रेष्ठ,महासचिवमा रत्न बहादुर नेवार,कोषाध्यक्षमा धनराज खडका,एसोसियट सदस्यहरुमा चुक्त बहादुर मगर र सुधिर कार्की चयन भएका छन । त्यसैगरी खुल्ला सदस्यहरुमा डम्बर बहादुर श्रेष्ठ,गोविन्द बहादुर बस्नेत र तुलसा कार्की चयन भएका छन ।