मेलम्ची : नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको छैटौं अधिवेशनबाट किशोर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार मेलम्चीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष बुढाथोकी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा खुलाबाट निराेज चाैलागाई र महिलातर्फ कमला पाख्रिन मनाेनित भएकी छन् ।
त्यस्तै सचिवमा अनिस तिवारी, सहसचिव शान्ति श्रेष्ठ र प्रितम तामाङ, कोषाध्यक्ष आदित्य दाहाल, सह कोषाध्यक्ष सरु श्रेष्ठ चयन गरेको छ ।सदस्यहरुमा भवनाथ आचार्य, अधिराजकुमार बस्नेत, नवीन काफ्ले, चण्डिका नेपाली, पुस्पा सुनार, कौशिला नेपाली, फूलमान तामाङ र नेत्रबहादुर बस्नेत चयन भएका छन् ।