रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामेछापको दोरम्बा आइपुगेका छन् ।
नेकपा (माओवादी केन्द्र) दोरम्बा थैलड गा.पा संगठन समितिद्वारा आयोजित २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रदाञ्जली सभा कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल रामेछाप आइपुगेका हुन् ।
तत्कालीन सरकार र नेकपा माओवादीबीच २०६० सालमा दोस्रो युद्धविरामका समयमा भएको नेपाली सेनाको आक्रमणमा परि २१ जना माओवादी छापामारहरूको मृत्यु भएको सम्झनामा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ।
उक्त अवसरमा माओवादीका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो । उक्त अवसरमा प्रधानमन्त्री दाहालले उक्त घटनामा ज्यान गुमाएकाहरुको शालिकमा माल्यार्पण गर्नुका साथै उनीहरुका परिवारलाई सम्मान समेत गरेका थिए ।