Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जापानको सहयोगमा सिन्धुपाल्चोकको डाँडाँगाउँमा पुग्यो खानेपानी

    जापानको सहयोगमा सिन्धुपाल्चोकको डाँडाँगाउँमा पुग्यो खानेपानी

    By सूचनापाना२ भाद्र २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । जापानका महामहिम राजदूत युताका किकुताले जापानले नेपालको ग्रामीण क्षेत्रको विकासमा गरेको सहयोगले जापान र नेपालको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबूत बनाउने बताएका छन् ।

    SuchanaPana.com

    जिल्लाको बलेफी गाउपालिका वडा नं. ४ डाडा गाउमा जापान सरकारको सहयोगमा सम्पन्न खानेपानीको आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहमा राजदूत किकुताले यस्तो बताएका हुन् ।

    बस्ती माथि पानीको मुहान नहुँदा गाउँदेखि झण्डै एक किलोमिटर तल थारथान खोलाबाट पानीलाई लिफ्टीङ गरि दशकौँदेखि खानेपानीको अभाव झेल्दै आएको डाँडागाउँमा १ सय ३८ घरसहित ५ स्थानमा सार्वजनिक गरि १४३ स्थानमा धारा निर्माण गरि सो क्षेत्रका स्थानीयको समस्या जापान सरकारले पुरा गरिदिएको छ । राजदूत किकुताले नेपालका लागि यस्ता विकास कार्यक्रमहरु जापान सरकार तथा जापानी जनताको तर्फबाट नेपाली जनताको लागि उपहार भएको बताए ।

    जापानी राजदूत किकुताले जापानले दोस्रो विश्व युद्धमा ध्वस्त भएपछि सहकार्य र समन्वयको बाटो रोजेको र जापानको सोही नीति अनुसार नेपालमा यस्ता आयोजना सन्चालन गर्न सहयोग गर्दै आएको उल्लेख गरे । साथै उनले सिन्धुपाल्चोकका विभिन्न ठाउमा खानेपानी आयोजना र तरकारी उत्पादन एवं बजारीकरण मार्फत ग्रामीण कृषहरुको आम्दानी वृद्धि सम्बन्धी आयोजना सफलता पूर्वक सम्पन्न गरेकोमा Peace Winds Japan  (PWJ) र सम्बृद्धिका लागि यथायोग्य कार्य संस्था(आइस्याप) को टिमलाई धन्यवाद दिए ।

    सोही उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य माधव सापकोटाले जापान सरकारले सिन्धुपाल्चोक जिल्लामा खानेपानी आयोजना सन्चालन र कृषि उत्पादन एवं बजारीकरण मार्फत आयआर्जनमा वृद्धि जस्ता कार्यक्रम उपहारको रुपमा दिएकोले अब यी आयोजनाहरु सम्पन्न भए पश्चात नेपाल सरकारले जिम्मालिई दिगो रुपमा सन्चालन गर्ने बताए । जिल्लामा जापान सरकारले गरेको सहयोगको लागि उनले जापानी राजदूतलाई धन्यवाद दिए ।

    जापान सरकारको सहयोगमा सिन्धुपाल्चोकमा सन्चालित“खानेपानी पहुँच तथा कृषिआय सुधार आयोजना” (PIWAAI) का टिम लिडर एवं कृषि विज्ञ डा. रामचन्द्र भुसालले २०७२ सालको भुकम्प पश्चात जापानको परराष्ट्रमन्त्रालय र जाइका (JICA) को सहयोगमा Peace Winds Japan  (PWJ) र सम्बृद्धिका लागि यथायोग्य कार्य संस्था (आइस्याप) ले विभिन्न आयोजनाहरु सन्चालन गर्दै आएको र जापानको सहयोगमा सन्चालित आयोजनाको प्रभाव समुदायमा अत्यन्त राम्रो रहेको बताए ।

    साथै सम्पन्न सबै आयोजनाहरु सम्बन्धित उपभोक्ता समूह र स्थानीयतहलाई हस्तान्तरण गरिएकोले आयोजनाहरुको संरक्षण एवं दिगो रुपमा सन्चालनको लागि स्थानीयतह र उपभोक्ता समितिहरुलाई अनुरोध गरे ।

    आइस्यापका कार्यकारी निर्देशक अपेक्षा भुसालले जापान सरकारको सहयोगमा सिन्धुपाल्चोकमा हाल सम्म १९ वटा खानेपानी आयोजना सम्पन्न गरी “एक घर एक धारा” कार्यक्रमअन्तर्गत ६७३ खानेपानी धारा, ४६० प्लाष्टिक घर, २ वटा कृषि उपज संकलन केन्द्र निर्माण गरी खानेपानीतर्फ ८२४ र कृषितर्फ १३१३ घर धुरी लाभान्वित भएको जानकारी बताईन् । कार्यक्रम सन्चालन गर्दा स्थानीयतह र समुदायबाट प्राप्त सहयोगको लागि उनले आभार प्रकट गरिन् ।

    कार्यक्रममा Peace Winds Japan  (PWJ)को मुख्य कार्यालयका प्रतिनिधि आइस्यापका अध्यक्ष शान्ति लक्ष्मी शाक्य, बलेफी तथा सुनकोशी गाउपािलकाका जनप्रतिनिधिहरु र कृषक जनप्रतिनिधिहरुले समेत आ–आफ्नो धारणा राख्दै जापान सरकार र आयोजना कार्यान्वयन गर्ने संस्था Peace Winds Japan  र आइस्यापलाई धन्यवाद व्यक्त गरे ।

    जापानको सहयोगमा विगत ७ वर्ष देखि सिन्धुपाल्चोकमा सन्चालित खानेपानी आपूर्ति कृषि उत्पादन र बजारीकरण मार्फत आयआर्जनमा वृद्धि, महामारी नियन्त्रण एवं राहत कार्यक्रम वितरण जस्ता आयोजनाहरु २०८० सालभदौ बाट समाप्त हुने भएकोले सोको जानकारी स्थानीयतह, उपभोक्ता समूह र कृषक एवं स्थानीय समुदायलाई गराउनको लागि आयोजना समापन समारोह समेत गरिएको थियो । खानेपानी आयोजना उद्घाटन,हस्तान्तरण र समापन समारोहको अध्यक्षता वलेफी गाउपालिकाका अध्यक्ष गंगावहादूर तामाङले गरेका थिए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    झाडी फाडेर फलफूलखेती

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ का स्थानीय…

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    २७ आश्विन २०८२, सोमबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका

    २१ जेष्ठ २०८०, आईतवार

    सरकारले भोलि बञ्चरेडाँडा संघर्ष समितिसँग वार्ता गर्ने

    २६ जेष्ठ २०७९, बिहीबार

    सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि मन्त्री कक्षमै हातपात

    २६ जेष्ठ २०७९, बिहीबार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.