काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट जग्गाबारे अनुसन्धान गर्न आवश्यक भएमा सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन् ।
प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा बुधबार संसद् भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए ।
‘गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् । बिना कानुन पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानुन बनाइदिएका छौँ । जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ’ उनले भने ।
यस्तै सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद पनि दिए । अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गरे ।