रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा औपचारीक रुपमा जापानी भाषाको पढाई सुरु भएको छ । विहिवार देखि क्रियटिभ एडु हब प्रालिले जिल्लामा जापनिज भाषा सिकाउन थालेको हो
अब आफ्नै जिल्लामा बसेर जापानी लगायत अन्य भाषाका कक्षा लिन सकिने र भाषा अध्ययन कै लागि काठमाडौं सम्म धाउन नपर्ने प्रालिका सञ्चालक कुमार श्रेष्ठले बताए ।
प्रालिले जिल्ला बाटै जापान, युके, अस्ट्रेलिया, क्यानडा लगायत देशका विश्व विद्यालयहरू सँग परामर्श गर्ने तयारी गरिरहेको छ, साथै राष्ट्रिय तथा अन्तराष्ट्रि हवाई टिकट बुकिङ सुविधा पनि उपलब्ध गराउने तयारी गरको अर्का सञ्चालक सुन्दर घिमिरेले बताए।
रामेछापबाट धेरै विद्यार्थी काठमाण्डौं लगायत अन्य शहरहरुमा ठुलो लगानी गरेर भाषा अध्ययनको लागि जान बाध्यभएको अबस्थालाई मध्यनजर गर्दै आफुले यहि बिभिन्न भाषा पढाउने र बैदेशिक रोजकारीका लागि परामर्श दिने गरी प्रा लि सञ्चालनमा ल्याएको सञ्चालक सुन्दर घिमिरेले बताए।
