Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » योजनाको काम नसक्दै बन कार्यालय रामेछापले दियो भुक्तानी

    योजनाको काम नसक्दै बन कार्यालय रामेछापले दियो भुक्तानी

    By सूचनापाना२७ भाद्र २०८०, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । डिभिजन बन कार्यालय रामेछापले योजनाको कामनै नसकी भुक्तानी दिएको खुलासा भएको छ । डिभिजन बन कार्यालयले जिल्ला अस्पताल रामेछापको मूल ढोका सँगैको ढोकामा बनाउँदै गरेको करिब २५ लाख रुपैयाँको लगानीमा निर्मित उक्त पार्कको कामनै नसकी कार्यालयका प्रमुख ओम सागर भण्डारी र सहायक बन अधिकृत देवेन्द्र यादव समेतको मिलेमतोमा भुक्तानी दिएको खुलासा भएको हो ।

    SuchanaPana.com

    कार्यालयको कुल २५ लाख रुपैयाँ र श्रमदान १० प्रतिशत समेत १ लाख रुपैयाँ गरी कुल २६ लाखको लागतमा स्थानीय उपभोक्ता समितिले २०८० साल असार १३ गते सम्म काम सम्पन्न गरिसक्नु पर्ने गरी कामको जिम्मा लिएको थियो । उक्त पार्क निर्माणको काम सम्पन्न नहुँदै सबै काम सम्पन्न भएको भनी कार्यालयले सबै रकम गत असमानै उपभोक्ता समितिका नाममा निकासा गरेको थियो ।

    २०६६ वैशाख १० गते जिल्ला अस्पताल नजिकैको वादी पाखा सामुदायिक बनको जङ्गलमा लागेको आगो निभाउने क्रममा तत्कालीन १३ जना सैनिक जवानहरूले डढेलोमा परेर ज्यान गुमाएका थिए । त्यसैको संंझनामा १३ मध्य अन्यको नाम शिला लेखमा रहने र एक जना कमान्डरको भने सालिक राख्ने गरी स्टमेट भएको थियो । तर कार्यालयले प्राविधिकले तयार गरेको स्टमेटकोनै ख्याल नगरी रकम भुक्तानी दिइएको पाइएको हो ।

    यस बारेमा डिभिजन बन कार्यालय रामेछापमा सम्पर्क गर्दा त्यहाँको निमित्त प्रमुख मनीलाल कुन्दनले भने यस बारेमा आफूलाई कुनै पनि जानकारी नभएकोले सहायक बन अधिकृत देवेन्द्र यादव सँग सम्पर्क गर्न आग्रह गरे ।
    सोही आधारमा यादव सँग सम्पर्क गर्दा उनले सैनिक कमान्डरको स्ट्याचु सहितको योजनाको स्टमेट गरिदिने रामेछाप नगरपालिकाले योजना सम्पन्न भएको भनी पठाएको कागजात र प्रतिवेदनका आधारमा मात्र कार्यालयले रकम भुक्तानी गरेको बताए । उनले भने काम बाँकी बस्नुमा कार्यालयको कुनै पनि दोष छैन । उक्त पार्कको वरिपरि पर्खाल लगाउने र कम्पाउन्ड गर्नै र ढोका हाल्ने काम भने सम्पन्न भएको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.