काठमाडौं । नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन भएको छ ।
संघको दोस्रो साधारण सभाबाट अध्यक्षम श्याम महर्जन, उपाध्यक्ष – सुवर्ण राज श्रेष्ठ, उपाध्यक्ष – काजि रत्न महर्जन, उपाध्यक्ष – ज्ञानेन्द्र महर्जन, उपाध्यक्ष – विष्णु श्रेष्ठ,उपाध्यक्ष – उसन बज्राचार्य, महासचिब – विकाश महर्जन,सचिव – अनिल सुवेदी र कोषाध्यक्ष – कृष्ण सुवेदी चयन भएका हुन् ।
त्यस्तै सदस्यहरुमा नारायण अधिकारी, विश्व महर्जन, सुदर्शन खतिवडा, मोहन खड्का, नम्रता लामा, प्रबिन्द्र अवाले, अनिल राई, राजिव महर्जन, रुपेश जोशी, सुरज बज्राचार्य, बिजय महर्जन, विक्रम सिंह चयन भएका छन् ।
कार्यक्रममा विगत लामो समय देखि राजनीतिक दलका प्रभावले यस खेलकुद क्षेत्रमा थुप्रौ समस्या, विकृति, व्यथिति बढेको र खेलाडीहरुको भविष्य अनिश्चिता र हतोत्साहित बनिरहेकोले सबै संघ र खेलकुद प्रेमि यस विरुद्ध एकजुत भई यस खेलकुद विकासमा लाग्नु पर्ने आवाज उठेको थियो।
यस नेपाल बालकुमारी क्योकुशिन कराते संघले गति वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यस वर्ष पनि चौथो मेयर कप राष्ट्रिय फुलकन्ट्याक कराते प्रतियोगिता गर्न प्रतिव्द रहेको कार्यक्रममा जानकारी गराईएको छ। नेपाल फुल कन्ट्यआक कराते महासंघका अध्यक्ष श्री शालिकराम कुँवर अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
संघका संस्थापक अध्यक्ष श्री सुरेन्द्र डंगोल ज्यु तथा राष्ट्रिय खेलकुद परिषदका कानून शाखा प्रमुख श्री नारायण राज अर्याल पनि कार्यक्रममा उपस्थित थिए । साधारणसभा तथा निर्वाचनबाट २१ सदसिय नव नियुक्त पदाधिकारीहरु