Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जापानी राजदूतद्वारा अध्यक्ष डा भुसाललाई सम्मानपत्र हस्तान्तरण

    जापानी राजदूतद्वारा अध्यक्ष डा भुसाललाई सम्मानपत्र हस्तान्तरण

    By सूचनापाना६ पुष २०८०, शुक्रबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपालस्थित जापानी राजदूतावासले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) एल्मुनाई एशोसिएसन अफ नेपाल (जान)लाई सम्मानपत्र हस्तान्तरण गरेको छ।

    SuchanaPana.com

    शुक्रबार आयोजित विषेश समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानी विदेशमन्त्रीद्वारा उपलब्ध गराइएको प्रशंसापत्र जानका अध्यक्ष डा रामचन्द्र भुसाललाई हस्तान्तरण गरेका छन्।

    सो अवसरमा राजदूत युताकाले नेपाल–जापानबीच मित्रवत र प्रगाढ सम्बन्ध रहेको बताए। उनले जापान र नेपालबीच सहयोग र सम्बन्धका विविध आयामबारे प्रकाश पार्दै जानले दुई देशबीचको सम्बन्ध विस्तारमा सेतुको काम गरिरहेको विचार प्रकट गरे।

    जान नेपालबाट जापानमा जाइकाका कार्यक्रममार्फत अध्ययन, भ्रमण, तालिम लिई फर्केका विभिन्न विधाका व्यक्ति सम्मिलित संस्था हो। विगत पचास वर्षदेखि नेपाल र जापानबीचको सम्बन्धमा पुलका रूपमा काम गर्दै आएको जानले जापानको प्रविधि नेपालमा भित्र्याउने, मित्रता बढाउने, अप्ठ्यारोमा सहयोग आदान–प्रदान गर्ने कार्यमा योगदान पुर्‍याउँदै आएको छ।

    जापान सरकारले त्यस कार्यको मूल्यांकन गर्दै जानबाट उल्लेखनीय योगदान भएको जनाउँदै प्रशंसापत्र उपलब्ध गराएको हो। समारोहमा जानका अध्यक्ष डा भुसालले ५० वर्षअघि जाइका कार्यक्रममार्फत अध्ययन र तालिममा गएका अग्रजले नेपाल–जापानबीचको मित्रतालाई प्रगाढ तुल्याउने, प्रविधि हस्तान्तरण र सहयोग अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ सामाजिक संस्थाका रूपमा जान स्थापना गरिएको बताए।

    संस्थामा नेपालका सरकारी निकायका उच्च तहमा रहेका सहित एक हजार दुई सय सदस्य रहेको जानका आजीवन सदस्यको सङ्ख्या छ सयभन्दा बढी रहेको सो अवसरमा जानकारी दिइयो।

    सन् १९७३ मा स्थापना भएको संस्थाको ५०औँ स्वर्ण महोत्सवका अवसरमा प्रशंसापत्र हस्तान्तरण कार्यक्रम भएको हो। विश्वमा जापानसँग जोडिएका यस्ता संस्थाको सङ्ख्या एक सयभन्दा बढी छ। उक्त संस्थाको तीन कार्यकालदेखि डा भुसाल अध्यक्षको जिम्मेवारीमा रहेका छन्।

    समारोहमा विभिन्न संवैधानिक आयोगका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, सुरक्षा निकायका उच्च अधिकृत र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिको सहभागिता थियो।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.