काठमाडौँ । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बमजनलाई जिल्ला अदालत, सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाएको छ।
न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बमजनविरुद्धको मुद्दाको सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
बारा रतनपुरीको हलखोरिया जंगलमा आश्रममा रहने क्रममा बमजनले आफूमाथि बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि सर्लाही जल्ला अदालतले बमजनविरुद्ध २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बमजनलाई मंगलबार पक्राउ गरेको थियो। प्रहरीले बमजनका साथबाट ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ ७ पैसा बराबरको अवैध मुद्रा पनि बरामद गरेको थियो।
