Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा

    काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा

    By सूचनापाना२ माघ २०८०, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेका छन् । मंगलबार २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकामा ५३ वटा भवन र चार सडक पुल भूकम्पीय जोखिममा रहेको जानकारी दिए । तर, सरकारले अहिलेसम्म ती संरचनाको पुन निर्माणको प्रक्रिया भने अघि बढाएको छैन ।

    SuchanaPana.com

    उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यससम्बन्धी अध्ययनका आधारमा काठमाडौँ उपत्यकाका ५३ वटा भवन संरचना र चार वटा सडक पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेका छन् । तिनको पूर्ण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

    ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जापान सरकारको सहयोगमा गरेको एक अध्ययनले काठमाडौँ उपत्यकामा विद्यालय,अस्पताल र सरकारी भवन गरी ५३ वटा भवन संरचना र चारवटा सडक पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेको र त्यसको प्राथमिकतामा राखी पुनर्निर्माण गर्नुपर्ने देखाएको छ,’ श्रेष्ठले भने ।

    ती पूर्वाधार पुनर्निर्माणका लागि करिब ३ अरब ६१ करोड रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ । जसमा ३२ वटा विद्यालय भवनको लागि एक अरब ६३ करोड, १३ वटा स्वास्थ्य चौकीको लागि ३८ करोड ७४ लाख रुपैयाँ, ८ वटा सरकारी भवनको लागि ५१ लाख ८० लाख रुपैयाँ र ४ वटा सडक पुलको लागि १ अरब ७ करोड आवश्यक पर्ने प्राधिकरणको अनुमान छ ।

    तीमध्ये पनि काठमाडौँ महानगर भित्रमात्रै ९ ओटा भवनको लागि ७१ करोड ३५ लाख र ४ वटा पुलको लागि ४ अरब ७ करोड रुपैयाँ लागत लाग्ने अध्ययनको निष्कर्ष छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.