Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » प्रहरी जवान गाेविन्द परियार: जसले ३५ फिट गहिरो इनारमा पसेर नुतनलाई निकाले…

    प्रहरी जवान गाेविन्द परियार: जसले ३५ फिट गहिरो इनारमा पसेर नुतनलाई निकाले…

    By सूचनापाना२ माघ २०८०, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    ललितपुर । माघे संक्रान्तिको बिहान पौने १० बजेतिर ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. २ इमाडोल कृष्णमन्दिर नजिकै दोलखाकी नूतन प्रधान डेरामै लुगा धोइरहेकी थिइन् । सोही क्रममा इनारको माथि चढेर डोरीमा लुगा सुकाउँदै गर्दा एक्कासी ढक्कन फुटेर नुतन इनारमा खसिन् ।

    SuchanaPana.com

    तत्कालै उनका परिवारले थाहा पाएपछि प्रहरीलाई खबर पुग्यो । त्यसपछि उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीका साथै स्थानीयहरु जुटे । माघको चिसो, करिब ३५ फिट गहिरो इनारमा खसेकी नूतन ठोक्किँदै झरेकोले सामान्य चोटपटक लागेको थियो ।

    प्रहरी आइसकेपछि नुतनलाई डोरी दिएर बाहिर निकाल्ने प्रयास गरे पनि असफल भएपछि इनारभित्रै गएर निकाल्नुपर्ने निष्कर्षमा उद्धारटोली पुग्यो । उद्धारका लागि लगातार रुपमा जुटेका उद्धारकर्मीमध्येबाट नेपाल प्रहरीका जवान गाेविन्द परियार इनारमा पस्ने भए । उनले डोरी कसे, अनि पसे इनारमा ।

    करिब ३५ फिट तलको पुगेर अर्को व्यक्तिलाई उद्धार गर्नु पक्कै पनि सजिलो काम होइन, तर कर्तव्यबोध गर्दै परियारले ज्यानको बाजी नै लगाएर इनारभित्र पसेर सकुशल नुतनलाई बाहिर निकाल्नका लागि अहम् भूमिका खेले ।

    नूतनलाई बाहिर निकाल्न उद्धारकर्मीलाई करिब साढे २ घन्टा लागेको थियो । ढाडमा र खुट्टामा सामान्य चोटपटक लागेकी नुतनलाई त्यसपछि परिक्षणका लागि अस्पताल लगिएको थियो । अहिले उनको अवस्था सामान्य छ ।

    राजधानीका अधिकांश घरमा इनार रहेको छ । मानिसहरुले इनारमा चढ्दा ख्याल गर्नुपर्ने देखिएको छ । करिब एक साताअघि मात्रै जावलाखेलको कुसुन्तीस्थित एक घरमा रुख काट्दै गर्दा लडेर इनारमा परेका पुरुषको ललितपुर नगर प्रहरीले उद्धार गरेको थियो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.