Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » झोलुङ्गे पुल बनेपछि खुसी भए तिल्पुङवासी

    झोलुङ्गे पुल बनेपछि खुसी भए तिल्पुङवासी

    By सूचनापाना१४ जेष्ठ २०८१, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं. ७ को तिल्पुङ खोला वारिपारि जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीमा खुसी छाएको छ ।

    SuchanaPana.com

    स्थानीयवासीको लामो प्रतीक्षापछि तिल्पुङ नदीमा झोलुङ्गे पुल निर्माण भएको हो । तिल्पुङ खोलामा पुल नहुँदा तिल्पुङ ७ का स्थानीय खेतीपाती गर्न, जङ्गलमा घाँस दाउरा काट्न तथा आवतजावत गर्न समस्या भएको थियो । बर्खायाममा ठुलो खोला आउने हुँदा लामो बाटो घुमेर हिँड्न पर्ने बाध्यता थियो । अहिले झोलुङ्गे पुल बनाइएको ठाउँमा कहिले काठको त कहिले बाँसको पुल बनाएर आवतजावत गर्ने गरिएको थियो । ती काठ र बाँसका फड्के पनि खोलाले लाने र जोखिमपूर्ण हुने हुनाले स्थानीयहरूले सास्ती बेहोर्दै आएका थिए । पुल नहुँदा तिल्पुङका नागरिकको जीवनयापन कष्टपूर्ण थियो ।
    पटकपटक हारगुहारपछि यसपटक पुल निर्माण भएको तिल्पुङका स्थानीय केहरमा तामाङले बताए । ‘घलेगाउँ, खाल्सा लगायत स्थानीय असार देखि कार्तिक सम्म खेतीपाती गर्न आवतजावत गर्न धेरै नै जोखिम मोल्नुपर्थ्यो । अब धेरै नै सहज भएको छ । पुल नहुँदा काठेपुल हुँदा पुल भाँचिएर ३ जना स्थानीयले ज्यान गुमाउनु परेको हामीले अहिले सम्म भुल्न सकेका छैनौ उनले भने ।’

    लिखुतामाकोशी गाउँपालिका वडा नं.६,७ र ८ का स्थानीयहरूलाई भिरको बाटो हुँदै लामो समय लगाएर हिँड्नु पर्ने कष्ट पुल बनेपछि हटेको छ, स्थानीय दान बहादुर तामाङले बताए । रोपाइँमा जाँदा ठुलो पानी परे पछि पारी नै रात काट्न पर्थ्यो । अब खेती किसानी गर्न जाँदा पनि ढुक्क भयो ।

    रोपोमा पानी लगाउन गएका घरका मानिस घर फर्कने हुन् की हैनन् भन्ने पिरले सताउँथ्यो । बाँसको पुल भत्किने पो होकी? केही दुर्घटना पो हुने होकी भनेर पानी लगाउन गएको घरका मान्छे घर नआईपुगुन्जेल भोक तिर्खा हुँदैनथ्यो । अब यस्तो पीडा हुने छैन । स्थानीय सरकारले पीडा मुक्त गराई दियो – लालमाया तामाङले भनिन् ।

    लगभग २ सय ७५ घरपरिवारको बसोबास रहेको यस गाउँमा १ हजार ३ सय ३० जनाको जनसङ्ख्या छ । पुल निर्माण सम्पन्न भएसँगै स्थानीयवासीलाई ओहोरदोहोर गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । पुल नहुँदा पारिको बस्तीमा ओहोरदोहोर गर्न समस्या थियो । उनले भने । गत वर्ष मात्रै ठेक्का लगाई काम सुरु गरेकोमा सम्पन्न मिति अगावै पुल निर्माण कार्य सम्पन्न गरेकोमा उनले धन्यवाद व्यक्त गरे । सबै योजनाहरूको काम यसरी नै सम्पन्न हुन सकेमा विकासका कामहरूले तीव्रता पाउने महतले बताए । खुसी हुँदै उनले भने– अहिले सबैको सक्रियताले पुल निर्माण भएको छ । यो हाम्रा लागि गौरवको विषय हो ।

    लिखुतामाकोशी गाउँपालिकाको १३ प्रतिशत, सङ्घीय सरकारको ८५ प्रतिशत र जनश्रमदान २ प्रतिशत गरी कुल रु ६२ लाख ९७ हजार ६ सय ३४ रुपैयाँमा खोलाखर्क झोलुङ्गे पुल निर्माण आयोजना सम्पन्न गरिएको हो । विसं २०८० मङ्सिर २० गते पुलको निर्माण कार्य सुरु गरिएको थियो । आइतबार गाउँपालिका अध्यक्ष केशव महतले रिबन काटेर पुलको उद्घाटन गरेका हुन् । विगतमा राज्यको नजरमा नपरेको उपेक्षित, उत्पीडित तिल्पुङवासीले झोलुङ्गे पुल बनेपछि अत्यावश्यकीय सेवा सुविधा सहजरूपमा पाउने छन् ।पुलको प्राविधिक तथा सामाजिक सहयोग गैर सहकारी संस्था डिप्रोक्स नेपालले गरेको थियो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.