Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » काँग्रेसलाई झुटो आरोप लगाउँदा एमालेले माफी माग्नु पर्दैन ?

    काँग्रेसलाई झुटो आरोप लगाउँदा एमालेले माफी माग्नु पर्दैन ?

    By सूचनापाना१४ जेष्ठ २०८१, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झुटो आरोप लगाएकामा केपी शर्मा ओलीले माफी माग्नुपर्छ कि पर्दैन भनेर एमालेलाई प्रतिप्रश्न गरेका छन् ।

    SuchanaPana.com

    सोमबार बालुवाटारमा बसेको तीन दलको बैठकमा एमाले नेताहरुले काँग्रेस नेताहरू खास गरी महामन्त्री शर्माको अभिव्यक्तिमा आपत्ति जनाएका थिए । एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अनावश्यक आरोप लगाएको भन्दै एमाले नेताहरुले काँग्रेसले लिखित र सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका थिए ।

    काँग्रेस महामन्त्री शर्माको जवाफ छ, ‘काँग्रेसलाई झुटो आरोप लगाउँदा माफी माग्नुपर्ने, काँग्रेसले प्रतिवाद गर्दा माफी माग्नुपर्ने ? नेपाल हो यो, उत्तर कोरिया होइन ।’

    गिरिबन्धु टी-स्टेटको २४३ बिघा भन्दा बढी जग्गा सट्टापट्टा गर्न ओली नेतृत्वको सरकारका पालामा बनेको कानुनलाई खारेज गरेको सर्वोच्चको फैसलाको पूर्णपाठमा त्यो निर्णयलाई नीतिगत भ्रष्टाचार भनिएको छ । यो सार्वजनिक भएपछि फैसलामाथि नै प्रश्न उठाउने क्रममा ओलीले १४ जेठको संसदीय दलको बैठकमा काँग्रेसमाथि कमिसन खाएर ७० बिघा सट्टापट्टाको नाममा बिक्री गर्न दिएको आरोप लगाए ।

    जबकि ओली भनेको ५१ बिघा जग्गा हस्तान्तरणको निर्णय गर्दा मनमोहन अधिकारी र १९ बिघाबारे निर्णय गर्दा सूर्यबहादुर थापा नेतृत्वको सरकार रहेको खुलेको छ ।

    त्यसपछि काँग्रेस नेताहरुले ओलीको भनाइको प्रतिवाद गरे । पछिल्लो पटक महामन्त्री शर्मा आक्रामक सुनिएका छन् । उनले सहकारी प्रकरणमा एमाले नबोलेको र गिरीबन्धुमा रास्वपा मौन बसेको भन्दै सहकारी बन्धु गठबन्धनको संज्ञा दिएका छन् ।

    प्रमुख तीन दलको शनिबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले अनावश्यक लाञ्छना लगाएको भन्दै आपत्ति जनाएका थिए । आइतबार काँग्रेसले गरेको प्रदर्शनमा महामन्त्री शर्माले यो मुद्दामा थप चर्कोसँग उठाए ।

    त्यसलाई लिएर सोमबार तीन दलको बैठकमा एमाले नेताहरुले काँग्रेसले माफी माग्नुपर्ने बताएका हुन् । बालुवाटारमा बसेको तीन दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘सहकारी प्रकरणमा आन्दोलन गर्ने, अनि एमाले र एमालेका अध्यक्षविरुद्ध बोल्ने ? काँग्रेसले यी आरोपप्रति लिखित रूपमा क्षमा माग्नुपर्छ, सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।’

    काँग्रेस महामन्त्री शर्माले भने ओली स्वयंले पहिले काँग्रेसलाई आरोपित गरेको नबिर्सन आग्रह गरे । ‘गिरिबन्धुमा अदालत बोलेपछि केही बोलेकै थिएनौँ, ओलीले फायर खोल्नुभयो र भन्नुभयो– काँग्रेसले बेचेर कमिसन खायो’, उनले भने, ‘ओलीको आरोप तथ्यहीन थियो, उहाँले त्यो फिर्ता लिनुभएको हो ?’

    ओलीले तथ्यहीन आरोप लगाएपछि तथ्य राखेर प्रतिवाद मात्र गरेको महामन्त्री शर्माले बताए । ‘सँगै मिलेर संविधान बनाएका हौँ, गलत भए पनि आरोप लगाउन, गाली गर्न उहाँलाई संविधानतः छुट, अनि प्रतिवाद गर्न काँग्रेसलाई बन्देज ?’ उनले प्रश्न गरे ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.