Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » गृहमन्त्रीका १०० दिन : ७८ बुँदे उपलब्धी, २४१ व्यक्तिगत सुरक्षाकर्मी फिर्ता

    गृहमन्त्रीका १०० दिन : ७८ बुँदे उपलब्धी, २४१ व्यक्तिगत सुरक्षाकर्मी फिर्ता

    By सूचनापाना१ असार २०८१, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धी विवरण सार्वजनिक गरेका छन् । रविले फागुन २३ गतेबाट दोस्रो पटक गृह मन्त्रालय सम्हालेका थिए । दोस्रो पटक गृह मन्त्रालय सम्हाल्दाका १०० दिनमा सात क्षेत्रमा ७८ बुँदे उपलब्धी भएको दाबी गर्दै निजी सचिवालयमार्फत विवरण सार्वजनिक गरेका हुन् ।

    SuchanaPana.com

    गृहमन्त्री लामिछानेले आफ्नो १०० दिनको कार्यकालमा २४१ जना व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) फिर्ता गर्न सफल भएको बताएका छन् । उनले नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बल, नेपालतर्फ १३४ जना गरी जम्मा २४१ सुरक्षाकर्मी फिर्ता बोलाइएको उपलब्धि सार्वजनिक गरेका छन् ।

    यस्तै उनले आफ्नो सय दिनमा चार हजार ७९२ जना फरार अभियुक्त पक्राउ परेको बताएका छन् । साथै, यसबाट एक हजार ५५६ वर्ष आठ महिना १६ दिन कैद र ५२ करोड २८ लाख साठ्ठी हजार २३४ रुपैयाँ जरिबाना असुलीका हुनुका साथै न्याय निरुपण र अदालतका फैसला कार्यान्वयनमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गरेका छन् ।

    यीबाहेक राजस्व चुहावट नियन्त्रण गर्नका लागि कार्यक्रम अघि बढाइएको उनले उपलब्धि सार्वजनिक गरेका छन् । पछिल्लो तीन महिनामा सीमाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न सीमा गस्तीलाई व्यापक एवं प्रभावकारी रूपमा परिचालन गरिएको प्रगति विवरणमा उल्लेख छ । यसबाट तीन महिनामा जम्मा नेपाल प्रहरीले एक अर्ब ४३ करोड ९७ लाख ५८ हजार बराबरको र सशस्त्र प्रहरी बल नेपालले ४७ करोड ८७ लाख ७९ हजार ५०० गरी कुल एक अर्ब ९१ करोड ८५ लाख ३७ हजार ६ सय बराबरको सामान भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको उल्लेख छ ।

    लामिछानेले नीतिगत तथा कानुनी प्रबन्ध क्षेत्रमा २२ बुँदा, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण क्षेत्रमा १४ बुँदा, सीमा तथा अध्यागमन प्रशासनमा ७ बुँदा, विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादनमा सहजीकरण क्षेत्रमा ८ बुँदा, राजश्व चुहावट नियन्त्रण क्षेत्रमा तीन बुँदा, सूचना प्रविधिको प्रयोगमा पाँच बुँदा, विविध भनेर १९ वटा बुँदा समेटेका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.