Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » प्राकृतिक विपद् : पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, केही घाइते

    प्राकृतिक विपद् : पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, केही घाइते

    By सूचनापाना१३ असार २०८१, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । हिजोदेखिको भारी वर्षाका कारण देशका विभिन्न स्थानमा ७ जनाको मृत्यु भएको छ भने चट्याङका कारण ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    SuchanaPana.com

    बाढी, पहिरो र चट्याङबाट ११ जनाको मृत्यु हुँदा केही घाइते भएका छन् । कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्ती बस्ने प्रकाश रानाभाटको घरको पछाडीपट्टीको माटोको ढिस्को खसेर घर पुरिँदा घरमा सुतिरहेकी १३ वर्षीया आयुस्मा रानाभाटको गएराति मृत्यु भयो । साथै घरमा सुतिरहेकी उनकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारीको सकुसल उद्धार गरिएको छ ।

    यसैगरी कास्कीको पोखरा महानगरपालिका–२७ आरूपाटा बस्ने ३१ वर्षीय हरि सुनारको घरमा अविरल वर्षाको कारण माटोको ढिस्को खसेर घरमा सुतिरहेका सुनारको छोरा ३ वर्षीय अनमोल सुनारको गएराति नै मृत्यु भएको छ ।

    साथै घाइते भएकी सुनारकी श्रीमती २७ वर्षीया रितु सुनारलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । यस्तै घर पूर्णरूपमा क्षति भएको छ ।

    यसैगरी ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ थुम्की बस्ने ३९ वर्षीय बाबुराम खत्रीको घर र गोठ पहिरोले पुरिँदा उनकी श्रीमती ३५ वर्षीया देव कुमारी खत्रीको आज बिहानै मृत्यु भएको छ । यसैगरी लमजुङको क्ब्होलासोथार गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका चार जनाकै शव भेटिएको छ ।

    जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा मंगलबार राति पहिरो खसेर घर पुरिएकामा बुधबार बेपत्ता भएकाहरूको शव भेटिएको हो । पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको प्रहरीले बतायो ।

    पहिरोले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेष खोतलेर उनीहरूको शव निकालेका हुन् । यसैगरी चितवनको माडीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बुधबार दिउँसो माडी नगरपालिका(५ छरछरे स्थित मगई खोलाले बगाउँदा स्थानीय ४५ वर्षका रणबहादुर कामी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ।

    यस्तै यता कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । यस्तै अन्य ६ जना घाइते भएका छन् । जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरिया बस्ने वर्ष ३१ का जयराम डगौरा र धनगढी उपमहानगरपालिका १८ बस्ने वर्ष २७ का शालिम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    उनका अनुसार बुधवार बिहान साढे ७ बजे डगौरालाई घर नजिकैको खेतमा आलि लगाउने क्रममा चट्याङ लागेको थियो । घाइते उनलाई उपचारका लागि स्थानीय महापार्वती क्लिनिकमा लगेपनि उपचार क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

    यस्तै बुधवार बिहान ८ बजेको समयमा शालिम चौधरीलाई पनि घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेको थियो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको बोहराले जानकारी दिए ।

    यस्तै कैलालीको जानकी गाउँपालिका वडा नम्बर ४ बेलपुर बस्ने वर्ष २९ की रिता कठरिया, वर्ष २३ की सुस्मा डगौरा, भजनी नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ५५ का राम बहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने वर्ष ९ की सरस्वती भुल, वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत समेत चट्याङ लागेर घाइते भएका छन् ।

    यस्तै चटयाङ लागेर कपिलवस्तुमा पनि दुई जनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो ।

    बुधबार बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको थियो । चटयाङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । देशका विभिन्न ठाउँहरूमा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले आग्रह गरेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.