काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिने भएको छ ।
सडक बत्ती बालेवापत लामो समयसम्म शुल्क नबुझाएपछि प्राधिकरणले यस्तो सुविधा ल्याएको हो ।
प्राधिकरणका अनुसार विद्युतका बक्यौता महसुल ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिएको छ ।
त्यसका लागि सूचना जारी भएको ४५ दिनभित्र किस्ताबन्दीका लागि आवेदन दिन पनि प्राधिकरणले आग्रह गरेको छ ।
