Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ललितपुरका मेयर चिरिबाबु महर्जनलाई अख्तियारले बोलायो

    ललितपुरका मेयर चिरिबाबु महर्जनलाई अख्तियारले बोलायो

    By सूचनापाना२१ असार २०८१, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सोधपुछका लागि बोलाएको छ ।

    SuchanaPana.com

    बाढीपहिरो पीडितका नाममा महानगरले निर्णय विपरित रकम बाँडेको उजुरी परेपछि उनलाई सोधपुछका लागि बोलाउन भन्दै अख्तियारीले पत्र काटेको हो । मेयर महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा निर्णयविपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

    उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ । बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण भएको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।

    हेर्नुस् यस्तो छ अख्तियारको पत्रको व्यहोरा

    विषयः उपस्थित सम्बन्धमा ।

    श्रीमान् नगर प्रमुखज्यू,
    ललितपुर महानगरपालिका, पुल्चोक, ललितपुर ।

    उपरोक्त सम्बन्धमा २०७७ सालमा आएको बाढी पहिरोबाट ‘धापाखेल २४ मा बाढीपीडितलाई रु एक लाख पचास हजार र दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णयविपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानि हुने काम गरेको’ भन्ने व्यहोराको यस आयोगमा दर्ता भएको उ.द.न. सी–०३८५९७, मिति २०७८।०३। ३१ को उजुरी अनुसन्धानको क्रममा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकोले तपसिलमा उल्लेखित मिति र समयमा सक्कल नागरिकता र एकप्रति पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नं. ३ मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।

    तपसिल
    मितिः २०८१ असार २६ गते बुधबार
    समय : बिहान १०.०० बजे
    गणेशप्रसाद घिमिरे अनुसन्धान अधिकृत

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.