रामेछाप अविरल बर्षाको कारण रामेछापको मुख्य नदी तामाकोसी र सुनकोसीमा जलसतह बढेसँगै नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले सुनकोसी, तामाकोसी लिखु सहित जिल्ला भित्रका ठूला नदी र खोला किनारामा रहेका बासिन्दालाई उच्च सर्तक रहन प्रहरीले माइकिङ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राकेश सिंहले जिल्लाभित्र मुख्य सडक अवरुद्ध नभए पनि नदीहरुमा जलसतह निकै बढेको बताउदै सर्तक रहन नदी किनाराका बासिन्दालाईहरु आग्रह गरिएको बताए ।
