Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मन्त्री टुङग्याउन देउवाले बोलाए बैठक, क–कसको छ सम्भावना ?

    मन्त्री टुङग्याउन देउवाले बोलाए बैठक, क–कसको छ सम्भावना ?

    By सूचनापाना३० असार २०८१, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका छन् । आज (शनिबार) दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    SuchanaPana.com

    एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउनेलगायत अन्य समसामयिक राजनीतिक परिस्थतिबारे बैठकमा छलफल हुनेछ । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाबी पेस भइसकेको छ ।

    राष्ट्रपति पौडेलले आइतबारसम्मको समय दिएर संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री दाबी गर्न आह्वान गरेपनि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले शुक्रबार बेलुका नै दाबी पेस गरेका थिए । कांग्रेस र एमालेबीच असार १७ गते राति दुई दलको सरकार बनाउने र पहिले ओली प्रधानमन्त्री बन्ने सहमति भएको थियो । कांग्रेसले ओली नेतृत्वको सरकारमा जाने मन्त्रीहरूबारे छलफल गर्न बैठक बोलाएको हो ।

    क–कसको छ सम्भावना ?
    नयाँ सरकार गठन प्रक्रियाअघि बढ्ने भएकाले सरकारमा पठाउनेको नामावली बनाउने गृहकार्यमा कांग्रेस सभापति देउवा जुटेका हुन् । कांग्रेस सांसदहरू सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर मन्त्रीका लागि तीव्र लबिङ गरिरहेका छन् ।

    कांग्रेसबाट नेतृत्व गर्दै गृह मन्त्रालय लिएर सरकारमा जानेमा प्रमुख सचेतक समेत रहेका रमेश लेखकको सम्भावना बलियो छ । देउवा निकट स्रोतका अनुसार लेखककै नेतृत्वमा सरकारमा कांग्रेसका नेताहरू सहभागी हुँदै छन् । त्यसोत आकांक्षीका रूपमा उपप्रधानमन्त्री पाए भने सरकारको नेतृत्व गरेर पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व उपसभापति प्रकाशमान सिंह पनि जाने तयारीमा छन् ।

    महामन्त्री गगन थापाले नेतृत्व गरेर सरकारमा जाने विषय पनि कांग्रेसभित्र उत्तिकै चर्चामा छ । यदि उनि आफू पछि हटे भने सांसद प्रदीप पौडेललाई मन्त्री बन्न बाटो खुल्ने छ । कांग्रेसमा संस्थापन समूहबाट डा. आरजु राणा देउवा, रामहरि खतिवडा, कान्तिका सेजुवाल, उदयशमशेर जबरा, किशोरसिंह राठोर, शंकर भण्डारी, अजय चौरासिया, विनोद चौधरी र श्याम घिमिरे मन्त्रीका आकांक्षी छन् ।

    शेखर–गगन पक्षबाट भने जीवन परियार, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, हृदयराम थानी, सरिता प्रसाईं, मुक्ताकुमारी यादव आकांक्षी छन्। डा. शशांक कोइराला समूहबाट दीपक गिरी र दीपक खड्का आकांक्षी छन्।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.