Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » झापा किशोरी बलात्कार काण्डः ७ जनाले गरे सामुहिक बलात्कार

    झापा किशोरी बलात्कार काण्डः ७ जनाले गरे सामुहिक बलात्कार

    By सूचनापाना१० भाद्र २०८१, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    झापा । झापाको अर्जुनधारामा एक १६ वर्षीया नाबालिकालाई ७ जनाले सामुहिक बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ। शुक्रबार राति अर्जुनधारा–५ की १६ वर्षीया नाबालिकामाथि ७ जनाले सामुहिक बलात्कार गरेका प्रहरीले जनाएको छ। बलात्कृत किशोरीको बयानका आधारमा ६ जना पक्राउ परेका छन् भने एकजना फरार छन्।

    SuchanaPana.com

    किशोरीका अनुसार घटनामा संलग्नमध्ये चिनजानका दुईजनाले उनलाई शुक्रबार साँझ खाजा खान लगेका थिए। अर्जुनधारा–७ स्थित लंका होटलमा खाजा खाएर उनीहरूले साँझपख एकछिन घुम्न जाउँ भन्दै युवतीलाई नयाँ बाख्राहट्टीतिर लिएर गए। त्यस एकान्त ठाउँमा चारजनाले पालैपालो उनीमाथि जबरजस्ती करणी गरेका किशोरीले प्रहरीसमक्ष बयान दिएकी छन्। उनले चारजनासँग प्रतिवाद गर्न नसकेको बयान दिएको प्रहरीले जनाएको छ।

    त्यसपछि ती युवतीलाई उनीहरुले लंका होटलमा ल्याएर छोडिदिए। जहाँ लंका होटलका कुक सुदिप श्रेष्ठ र सुजन डाँगी र सोही स्थानका संजिव तामाङले पनि एकान्त ठाउँमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

    बाख्राहट्टीमा चार जना र त्यसपछि लंका होटलमा अरु तीनजनाले सामूहिक बलात्कार गरेको बयान युवतीले दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन्। पक्राउ परेकाहरुमाथि आइतबार अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको उनले जानकारी दिए। प्रहरीले शनिबार बिहानै घटनामा संलग्न चारजनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा अर्जुनधारा–७ का अनिस लिम्बू, सरोज राई, केशब मगर, सुनिल राजवंशी रहेका छन्। त्यस्तै, दुईजनालाई शनिबार साँझ र राति पक्राउ गरिएको डीएसपी विष्टले जानकारी दिए।

    पछि पक्राउ पर्नेहरूमा लंका होटलमा कुकको काम गर्ने सुदिप श्रेष्ठ र सुजन डाँगी रहेका छन्। घटनामा संलग्न अर्जुनधाराकै संजिव तामाङ फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले पीडितलाई शारीरिक परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। फरार संजिव तामाङको खोजतलास जारी रहेको जनाइएको छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.