Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » धार्मिक पर्यटनलाई जोड्दै पञ्चकोट

    धार्मिक पर्यटनलाई जोड्दै पञ्चकोट

    By सूचनापाना१६ मंसिर २०८१, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    गण्डकी । ‘मालढुङ्गा कटेसी घुम्ती घुम्ती रोड, आहा क्या राम्रो बाग्लुङ पञ्चकोट।’ पछिल्लो समयमा पोखरा र आसपासका क्षेत्रमा चर्चित गीत हो यो। गीतले भनेजस्तै केही वर्षयता बागलुुङस्थित सर्वसिद्धिधाम पञ्चकोट गण्डकी प्रदेशका महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यमध्येमा रोजाइमा पर्दै आएको छ। बागलुुङ बजारबाट उत्तर–पश्चिमतर्फ छ किलोमिटरको दूरीमा रहेको यो स्थानबाट अन्नपूर्ण, धवलागिरि, निलगिरि आदि हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ।

    SuchanaPana.com

    बागलुङको ताराजालकोट, राबराबकोट, माझकोट, कारिकोट र संसारकोट यहाँका ऐतिहासिक कोट हुन्। नेपालका २२-२४ राजाका पालादेखि नै अस्तित्वमा आएका यी कोटको सङ्गमस्थलका रूपमा पञ्चकोटले चासो र चर्चा कमाएको छ। यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ २०७१ फागुुन १ गतेदेखि १५ गतेसम्म महायज्ञ गरिएको थियो। महायज्ञका क्रममा तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, हालका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ९ गते विश्व शान्ति कलशसहितका संरचना निर्माणका लागि सामूहिक रूपमा शिलान्यास गरेका थिए। त्यसयता यो स्थल यस क्षेत्रकै प्रसिद्ध धामका रूपमा विकास भएको छ।

    एक दशककै अन्तरालमा यस स्थानमा बनेका सिसैसिसाको महल (सिसमहल), गण्डकी माताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायतका धार्मिक संरचनाका कारण देशका विभिन्न स्थानका धार्मिक पर्यटक आकर्षित बन्दै गएका छन्। मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यको परिकल्पनामा निर्मित यस स्थानमा महायज्ञबाट सङ्कलित रकमका साथै विभिन्न दाताको सहयोग एवं सरकारबाट भएको करोडौँको लगानीले यहाँको स्वरूप नै परिवर्तन भएको छ।

    धवलागिरिलगायतका हिमालसँगै कालाञ्जर पर्वत आदिसँग सिधै आँखा जुुधाउन सकिने यो स्थल समुद्री सतहबाट एक हजार ७५० मिटरको उचाइमा रहेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का कार्यालय सचिव रामबहादुुर क्षेत्रीले बताउनुुभयो। एक दशककै अन्तरालमा यहाँका अग्लो भिरालो पहाड विशिष्ट धार्मिक गन्तव्यमा परिणत बनेको छ। यसले मुक्तिनाथ दामोदरकुुण्डदेखि त्रिवेणीधामसम्मका धार्मिक पर्यटकलाई यस तीर्थस्थलले जोडिरहेको छ। हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, दामोदरकुुण्ड, बागलुुङको बागलुुङ कालिका, म्याग्दीको गलेश्वर धामलगायत तीर्थस्थलमा दर्शनका लागि आएका दर्शनार्थीले नछुुटाउने गन्तव्यका रुपमा पञ्चकोट पर्ने गरेको उहाँले जानकारी दिए।

    यहाँ निर्मित पञ्चमहालक्ष्मी मन्दिर, विशाल हनुुमान मूर्ति, शिखर शैलीमा निर्मित गण्डकीमाताको मन्दिर, गणेश मन्दिर, सिसमहल, पाँच हजार पाँच सय किलोको घण्टा, गरुढारुढ नारायण९गरुड शिला०, सिंह गुफा, ध्यान कुुटी आदि महत्वपूर्ण आकर्षणका रूपमा स्थापित बनेको उनको भनाइ छ। यहाँको करिब ९० रोपनी क्षेत्रफललाई समेटर धार्मिक धामको रूपमा विकास गर्न खोजिएको छ।

    दर्शनार्नीको बढ्दो आगमनसँगै यो तीर्थस्थलमा विभिन्न दान सहयोग पनि बढ्ने क्रममा रहेको छ। अघिल्लो वर्ष दानपेटिकामा मात्रै १५ लाख ५० हजार रुपैयाँ दान सहयोग जम्मा भएको थियो भने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको सिस महलको अवलोकनबाट २१ लाख ५० हजार संकलन भएको थियो। त्यस्तै धाम परिसरमा सञ्चालन गरिएको हनुुमान झुुलामा रमाउने पर्यटक वापत वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ। मन्दिरमा हाल तीन पुुजारी एवं आठ कर्मचारी छन्। पञ्चकोट धामको सरसफाइ, कर्मचारी व्यवस्थापनलगायतमा मासिक पाँच लाख रुपैयाँसम्म खर्च हुने गरेको थापाले जानकारी दिए।

    एक अर्बको हाराहारीमा लगानी, १३५ फिट अग्लो विश्वशान्ति कलश बन्दै

    पञ्चकोटमा हालसम्म विभिन्न पूर्वाधार निर्माणमा करिब एक अर्बको हाराहारीमा लगानी भैसकेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिए। ५० करोडको लागतमा १३५ फिट अग्लो विश्व शान्ति कलश निर्माणको उद्देश्य राखी पञ्चकोटमा ब्रम्हाण्डीय महायज्ञसमेत सञ्चालन गरिएको थियो। महायज्ञबाट रु १२ करोड दान तथा सहयोग प्राप्त भएकामा करिब चार करोड १५ लाख रुपैयाँ खर्च भएको थियो। कलश निर्माणका लागि अघिल्लो वर्ष संघ सरकारबाट २० करोड रुपैयाँ विनियोजन भए पनि पछि अन्यत्र नै रकमान्तर गरिएको आचार्यले बताए।

    यो वर्ष कलश निर्माणका लागि दुई करोड ८५ लाख विनियोजन भएको उल्लेख गर्दैै उनले यो योजनालाई बहुवर्षीयअन्तर्गत राख्नका लागि पहल भइरहेको बताए। विभिन्न १३ तल्ला संरचनामा निर्माण हुने कलशको सबैभन्दा माथि विश्वभरका तीर्थस्थलको जल राखिनेछ भने अन्य तल्लामा आवश्यकताअनुुसार विभिन्न देवीदेवताका मूर्ति, चारधामलगायतका तीर्थस्थलहरूको झल्को दिने संरचनाहरू तयार गरिने बताइएको छ। त्यस्तै एक तल्लामा सबै गोत्रीय ऋषिहरूका मूर्ति राखिनेछ।

    संघअन्तर्गत शहरी विकास मन्त्रालयबाट यसै आर्थिक वर्षमा फूल प्रसाद राख्ने स्थानका लागि एक करोड रुपैयाँ विनियोजन भएकामा उक्त योजना सञ्चालनका लागि बोलपत्र प्रक्रियामा लैजाने तयारी गरिएको अध्यक्ष आचार्यले जानकारी दिए। कार्यालय प्रमुख क्षेत्रीका अनुसार यहाँस्थित अतिथि आवासमा सुविधासम्पन्न स्नानकक्षसहितका पाँच वटा कोठा सहित दैनिक १५० जना व्यक्तिलाई राख्न सकिने संरचना रहेको छ। यस धामअन्तर्गत नै एक वर्षयता कन्या गुरुकुल सञ्चालनमा आएको छ।गुरुकुलमा हाल १७-१८ जना कन्या अध्ययन गरिरहेका छन्। त्यस्तै यस धामअन्तर्गत नै सञ्चालनमा आएको गौशालामा हाल स्थानीय जातका ६० वटा गाईपालन समेत भइरहेको उनले जानकारी दिए।

    पञ्चकोटमा सामान्यतः सबै दिनजसो नै दर्शनार्थीहरू आउने गरेको पञ्चनारायण मन्दिरका पुजारी कुुमार आचार्यले बताए। विभिन्न तिथि, पर्व विशेषका साथै सार्वजनिक बिदाका दिनमा ठूलै संख्यामा दर्शनार्थी तथा पर्यटक आउने गरेको उनको भनाइ छ। धार्मिक दृष्टिका साथै यहाँको दृश्यावलोकनका लागि टाढाटाढाबाट दर्शनार्थी आउने गरेका कारण त्यसले समग्र बागलुङको पर्यटनमा समेत टेवा पुगेको स्थानीयवासी बताउँछन्।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.