काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा हिजो (मंगलबार) सकिएको नेकपा केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले संसदीय चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
यसअघि नेकपाले चुनावलाई बुर्जुवा भन्दै चुनाव बहिष्कार गर्दै आएको थियो । ०८४ को निर्वाचनलाई लक्षित गरी देशव्यापी अभियान चलाउने निर्णय बैठकले गरेको छ ।
बैठकले महासचिव नेत्र विक्रम चन्द विप्लवले पेस गरेको राजनीतिक, सांगठनिक र आगामी योजनाको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । मंसिर २७ गतेदेखि सुरु भएको नेकपा केन्द्रीय समिति बैठक पुस २ गते सकिएको हो । बैठकले गरेका निर्णय केही दिनपछि काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने नेकपाले जनाएको छ । केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा २०७७ फागुनमा विप्लवलाई मूलधारमा ल्याएका थिए ।