Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » स्वर्णिम वाग्लेलाई ‘सुपरम्यान’ बाट पुष्पवृष्टि

    स्वर्णिम वाग्लेलाई ‘सुपरम्यान’ बाट पुष्पवृष्टि

    By सूचनापाना२९ पुष २०८१, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । शनिबार तनहुँको रामशाह माविको ५४औं वार्षिकोत्सव थियो । जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ मा रहेको सो विद्यालयको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि थिए, राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति एवं सांसद स्वर्णिम वाग्ले । सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित वाग्ले शुक्रबारसम्म पोखरामा थिए । आफ्ना सभापति रवि लामिछाने पोखरा कारागारबाट रिहा भएपछि वाग्ले उनको विदाईपछि तनहुँ पुगेका थिए ।

    SuchanaPana.com

    विद्यालयको वार्षिकोत्सवमा पुगेपछि उनलाई विद्यालयले अनौठो तरिकाले स्वागत गर्यो । विद्यालयमा पुगेलगत्तै ‘सुपर म्यान’ जसरी जिपलाइनबाट एक विद्यार्थीले उनलाई माला लगाएकी थिइन् । भने, अर्की सुपरम्यान बनेकी विद्यार्थीले वाग्लेमाथि पुष्पवृष्टि गरेकी थिइन् ।

    पुष्पवृष्टि गर्ने विद्यार्थी कक्षा ८ मा र माला लगाउने विद्यार्थी कक्षा ७ मा अध्ययनरत रहेको बताइएको छ । उनीहरुले विद्यालयको चौथो तलाबाट जिपलाइनमार्फत झुण्डिएर वाग्लेसहितका अतिथि भएको स्थानमा पुगेर फूलको वर्षा गराएका थिए । त्यसरी जोखिम मोलेर जनप्रतिधिलाई स्वागत गराएको भन्दै अहिले विद्यालयको आलोचना भइरहेको छ ।

    तर, रामशाह माविका प्रधानाध्यापक प्रेमराज लामिछाने भने उक्त आलोचना स्वीकार गदैनन् । उनले भने, ‘गरेको धेरै माथिबाटै हो । चौथो तलाबाट हो । दुर्घटना हुने सम्भावना थिएन । हामीले सबै पूर्वतयारी गरेका थियौं । उहाँहरु स्काउटको तालिमप्राप्त विद्यार्थी हुन् । स्काउट मास्टरले तयारी गराउनु भएकाले बाहिर भनेजस्तो कुनै जोखिम थिएन ।’

    उनले सांसद स्वर्णिम वाग्ले उक्त स्वागतपछि रमाएको पनि बताए । ‘उहाँहरुलाई कल्पना पनि थिएन होला त्यसरी स्वागत गरिन्छ भनेर । सबैजना खुसी हुनुभएको थियो’ उनले भने । साथै प्रधानाध्यापक लामिछानेले आफूहरुले विद्यालयको थप नीतिगत सुधारका लागि सांसद वाग्लेसामू विभिन्न माग पनि राखेको बताए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.