Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नेपाललाई नौं वर्षमा १२ अर्ब चार करोड चिनियाँ अनुदान

    नेपाललाई नौं वर्षमा १२ अर्ब चार करोड चिनियाँ अनुदान

    By सूचनापाना२९ पुष २०८१, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । चीनले २०७२ यता नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा यस्तो जानकारी दिएकी हुन् । उनले बैठकमा भनिन्, ‘चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने. रू. २ अर्ब ७० करोड) का अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा थप अनुदान आरएमबी ५०० मिलियन (करिब ने.रू. ९ अर्ब ३४ करोड) घोषणा भएको छ’ समितिको बैठकमा प्रस्तुत विवरणमा उल्लेख छ ।

    SuchanaPana.com

    प्रधानमन्त्री ओलीले गत मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गरेका थिए । सो क्रममा चिनियाँ राष्ट्रपति सीले करिब ९ अर्ब ३४ करोड रुपैयाँ थप अनुदान दिने घोषणा गरेको परराष्ट्रमन्त्री राणाको भनाइ छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणबारे छलफल गर्न परराष्ट्रमन्त्री राणालाई बोलाएको हो ।

    मन्त्री राणाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको र उक्त विज्ञप्तिमा दुई देशबीच विगतमा भएका सहमति, समझदारी तथा निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्नुका साथै नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजाने भावी कार्यदिशा समावेश बताएकी छन् ।

    सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउने, दुई देशबीच सम्पन्न सम्झौता समझदारीहरूको कार्यान्वयनलाई थप गति दिने, उच्चस्तरीय आदान–प्रदान कायम राखे, आपसी विश्वासलाई सुदृढ बनाई द्विपक्षीय हितका लागि सहकार्य विस्तार गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

    यसैबीच परराष्ट्र मन्त्री देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेका दावी गरेकी छिन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध समितको बैठकमा बोल्दै उनले कञ्चनपुरका जोशी जीवित रहेका र फर्केर आउने बताएकी हुन् । उनले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनु हुन्छ भन्नेमा ढुक्क छु ।’ मन्त्री राणाले विपिनको रिहाइका लागि कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको पनि बताएकी छिन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.