Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जानको ५१ औँ वार्षिकोत्सव समारोह सम्पन्न

    जानको ५१ औँ वार्षिकोत्सव समारोह सम्पन्न

    By सूचनापाना१८ फाल्गुन २०८१, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाल जाइका अलमनाइ एशोसिएशन (जान)ले मुख्य सचिव तथा जानका आजीवन सदस्य एकनारायण अर्याललाई सम्मान गरेको छ । जानले शनिबार आयोजित ५१ औ बार्षिकोत्सव समारोहको अवसरमा मुख्य सचिव अर्याललाई प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादवबाट सम्मान गरेको हो ।

    SuchanaPana.com

    समारोहको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपाल जापानवीच रहेको परम्परागत सम्बन्धको चर्चा र जापान सरकारले नेपाललाई गरेको योगदानको उच्च मूल्याङ्कन गरे । उनले एसियाको सम्बृद्ध देश जापानले विश्वसामु अनुकरणीय विकासको नमुना प्रस्तुत गरेको स्मरण गर्दै जापान नेपालको हितैषि मित्र भई दिगो विकासको सहयात्री भएको वताए ।

    उपराष्ट्रपति यादवले नेपालमा प्राविधिक जनशक्तिको विकास, शिक्षा, सञ्चार, सडक, कृषिक्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा यस प्रकारका योगदान जारी रहनुपर्ने आवश्यकता औल्याए । उपराष्ट्रपतिले नेपाल जापान बीचको मित्रतालाई अझै घनिभूत बनाउन र जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न जानका अध्यक्ष लगायत सदस्यहरुको सधै अहम् भूमिका रहने र यस्ता प्रशंसनीय कार्यको नेपाल सरकारले सदैव यथोचित कदर गर्ने विषयमा विश्वस्त रहेको बताए ।

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री शरत सिंह भण्डारीले नेपाल सरकारलाई जापानले पु¥याएको सहयोग र जानको सकारात्मक भूमिकाको प्रशंसा गरे । भण्डारीले नेपालको विकासका लागि नीति निर्माण गर्ने, उन्नत कार्य संस्कृति वातावरण तयार गर्ने, उन्नत विकास र नविनतम् प्रविधिको प्रयोगका लागि जापानबाट सिक्ने र सिकाउने वातावरणका लागि जानले नेतृत्वदायी भूमिका अझ विस्तार गर्नु पर्ने आवश्यकता औल्याए ।

    कार्यक्रममा जानबाट सम्मानित भएका नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले नेपाल र जापानको घनिष्ट सम्बन्धलाई अझ थप उचाइमा पु–याउने कार्यमा निरन्तर लाग्दै नेपालको विकासमा नेपाल जाइका अलमनाइ एशोसियशन (जान) सदा प्रतिबध्द रहनुपर्ने तथा नेपाल र जापान वीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पु¥याउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत तोरु मायेदाले आगामी बर्ष जापान नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औ बार्षिक उत्सब मनाउन गईरहेको विषयलाई स्मरण गर्दै दुई देशको सम्बन्ध सुदृढ र प्रगाढ बनाउन जानले गरेको महत्वपूर्ण योगदानको सह्राना गरे ।

    भावी पुस्ताका लागि यो सम्बन्ध अझै राम्रो बनाउन के गर्न सकिन्छ, नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरउन्नती भए पश्चातको अवस्थामा कस्ता योजना निर्माण गर्ने र सिकेका सीप कसरी प्रयोग गर्ने भन्ने विषयमा सोच्नु पर्ने बेला आएको उनले बताए । कार्यक्रममा जाइका नेपालका प्रमुख मिजुकी मात्सुजाकी ले नेपाल जापान सम्बन्धमा जानले गरेको योगदानको प्रशंसा गरे ।

    कार्यक्रममा उपराष्ट्रपतिले जानबाट प्रकाशित मिलन पत्रिका सार्वजनिक गरेका थिए। कार्यक्रममा जानका सदस्यहरु, नेपाल सरकार, जापानी राजदूतावास, जाइका नेपालका उच्च अधिकृत लगायत विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

    समारोहको अध्यक्षता गरेका जानका अध्यक्ष डा. रामचन्द्र भुसालले नेपालको दिगो विकासमा जापानको महत्वपूर्ण सहयोग रहेको र अहिलेको विश्व परिवेशमा निस्वार्थ, भरपर्दो र दिगो विकासमा सहयोग गर्न जापान जस्तो मुलुकको सहयोग अझै महत्वपूर्ण र आवश्यक रहेको बताए ।

    कार्यक्रमको सञ्चालन जानका उपाध्यक्ष डा किरण रुपाखेतीले गरेका थिए भने महासचिव शान्ती लक्ष्मी शाक्यले स्वागत मन्तब्य सहित जानका गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा नेपालबाट जापान गई अध्ययन तालिम तथा भ्रमण गरी फर्किएका नेपालीहरुलाई संगठित गरी जापान र नेपाल वीचको मित्रतालाई थप सुदृढ गर्ने उद्देश्यले वि. सं. २०२९मा स्थापना भएको जानको ५१ औं वार्षिकोत्सव मनाउने सिलसिलामा यो कार्यक्रमको आयोजना भएको हो।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.