Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » वैदेशिक रोजगारीबाट फर्किएका इन्द्रलाल केराखेतीबाट मासिक एक लाखसम्म कमाउँदै

    वैदेशिक रोजगारीबाट फर्किएका इन्द्रलाल केराखेतीबाट मासिक एक लाखसम्म कमाउँदै

    By सूचनापाना२५ फाल्गुन २०८१, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    बरहथवा । बागमती नगरपालिका-१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन् । उनले भने, “मेहेनतअनुसारको उत्पादन र उत्पादनअनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको छ ।”

    SuchanaPana.com

    कृषि उत्पादनमा व्यावसायिक रूपले जोडिनुपर्ने उनको तर्क छ । “हामी आफ्नो माटोमा सुन फलाउन छाडेर विदेशमा पित्तल कमाउन पुग्ने गर्छौँ”, उनले भने । झण्डै पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया मा विताएका उनी युवाहरूलाई देशमै केही गर्न आग्रह गर्छन् ।

    विगत एक दशकदेखि बिहान सबेरैदेखि साँझ अबेरसम्म उहाँ केराबारीमा भेटिन्छन् । खेतीबारी राम्रो हुन त्यसलाई पर्याप्त स्याहारसम्भार गर्नुपर्ने उनको अनुभव छ । “हाम्रो बानी कस्तो छभने खेतमा बाली लगाउने अनि फर्केर नजाने”, उनले भने, “यसरी खेती हुँदैन, हाम्रा पितापुर्खाले भन्ने गर्नुभएको उखानै छ । घोकन्ते विद्या, ध्याउन्ते खेती ।”

    बुबाबाजेले खेतीपाती गरेको देखेर हुर्कनुभएका उनले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । तत्कालीन राज्यसत्ताविरुद्ध माओवादीले गरेको सङ्घर्षमा होमिएका उनी २०६५ सालमा वैदेशिक रोजगारीमा गए । “देशमा माओवादी सङ्घर्ष थियो । म पनि त्यसैमा होमिएको थिएँ । विसं २०६२/६३ मा काठमाडौँ केन्द्रित आन्दोलन भयो । त्यहाँ पनि निकै नाराबाजी गरियो”, उनले विगत सम्झिए ।

    शान्ति वार्तापछि माओवादी सरकारमा गयो । हामी परिवार पाल्नै नसक्ने भएपछि भारतको बाटो हुँदै मलेसिया पुग्यौँ । माओवादी द्वन्द्वबाट आएका ४२ जना एकैपटक मलेसिया अवतरण भएका थियौँ । विदेशको भूमि, हावापानी, रहनसहन, भाषा, वेशभूषा सबै नयाँ । हामीलाई त्यहाँ महिनौँसम्म मार्बल र ढुङ्गा बोकाइयो । निकै कष्ट भयो । सीपबिनाको वैदेशिक रोजगारी पशुले गर्ने सङ्घर्ष हुने उनको भनाइ थियो ।

    यसरी पाँच वर्ष काम गरेपछि २०७१ सालमा स्वदेश फर्किएँ । विदेशबाट ल्याएको पैसा एउटा घर बनाउनेबित्तिकै सकियो । फेरि दैनिक छाक टार्नै धौधौको अवस्थामा पुगियो । परिवार बिरामी पर्दा छिमेकमा सापटीसमेत पत्याउन छाडे । काम र दुःख सम्झेर विदेश जाने आँट पनि आएन । त्यसपछि छिमेकीको खेत भाडामा लिएर केराखेती सुरु गरेको उनले सुनाए । त्यसयता उनले दुःखलाई फर्किएर हेर्नुपरेको छैन ।

    गाउँमा रु पाँच सय कसैले नपत्याउने अवस्थाबाट केराखेतीले सम्मानजनक जीवन दिएको उनको कथन छ । पुख्र्यौली सम्पत्तिका नाममा तीन कठ्ठा जग्गा पाएका उनले १० वर्षमा १५ कठ्ठा खेत, दुई ठाउँमा घडेरी जोडेको बताए । तीन सन्तानलाई उनीहरूले चाहेअनुसार आजको युग सुहाउँदो शिक्षादीक्षा यसै खेतीको आम्दानीबाट पूरा गरिरहेको उनको भनाइ छ ।

    उनले एक छोरालाई फार्मेसी पढाएका छन् । दुई सन्तान उच्च शिक्षा अध्ययनरत छन् । छोराछोरीलाई आजको समाजमा बाँच्न सक्ने वातावरण तयार गर्न सक्नु नै ठूलो सम्पत्ति आर्जन भएको बताउँछन् । आफूहरूजस्तो निम्नवर्गीय परिवारका लागि शिक्षा निकै महँगो बन्दै गएको छ । पैत्रिक सम्पत्तिका नाममा तीन कठ्ठा खेत पाएका उनले छिमेकीको एक बिघा खेत भाडामा लिएर केराखेती सुरु गरेको बताए ।

    उनको केराखेती अहिले साढे आठ बिघा पुगिसकेको छ । उनले वर्षको प्रतिकठ्ठा रु चार हजार आठ सयदेखि छ हजार पाँच सयसम्म भाडा तिर्छन् । केरा रोपेको १२ देखि १४ महिनाबाट उत्पादन दिन सुरु हुन्छ । नौ हजार दुई सय बोट केरा रहेकामा प्राकृतिक प्रकोपमा परेर वर्षमा सय बोटसम्म केरा क्षति हुने गरेको उनको भनाइ छ । सुरुमा खनजोत, मलखाद, मजदुर गरी रु २२ लाख लगानी गरेको खेतीबाट १४ महिनामा रु ३१ लाख बढीको केरा बिक्री गर्ने उनको भनाइ छ ।

    “प्रतिघरीमा ९० देखि एक सय कोसा केरा फल्छ”, उनले भने, “मैले मालभोग र नाइन ग्रेड (घ्यू) केराको बोट लगाएको छु । नाइन ग्रेडको घरीमा दुई सय कोसासम्म फल्छ ।” प्रतिकोसा रु ३.५० पैसाका दरले कम्तीमा तीन सय ५० देखि पाँच सयसम्म प्रतिघरी केरा बिक्री हुन्छ । छठ तथा चाडपर्वमा अझै महँगोमा बिक्री हुने उनले जानकारी दिए । यहाँ उत्पादन भएका केरा स्थानीय हरिवन, बरहथवा, नयारोड, सोल्टीलगायत बजारसम्म लैजाने गरिएको छ ।

    “बजारको मागअनुसार केरा दिन नसकेको उहाँले सुनाउनुभयो । हप्तामा दुई सय ५० घरीभन्दा धेरै केरा पसलेले माग्नुहुन्छ”, उनले भने, “छ–सात बिघामा गरेको खेतीले पुर्याउन गाह्रो छ । थोरैथोरै गरेर दिने गरेको छु ।”

    पैसासमेत दैनिक पाइने भएपछि खेती गर्न उत्साह थपिने गरेको उनी सुनाउँछन् । किसान बलले केराखेतीमा पाँच जनालाई नियमितजस्तै काम दिने गर्नुभएको छ । पात काट्ने, गोडमेल गर्ने, मलजल गर्ने, केरा काट्नेलगायत काम हुन्छ ।

    उनी आफैँ पनि नियमित काम गर्ने भएकाले एक जना मजदुरको काम आफैँले भ्याउने गरेको उनको भनाइ छ । भारतीय केराका कारण बेलाबेलामा बजारमा समस्या हुने गरेको उनले सुनाए । भारत सरकारले किसानलाई खेती, लगानी र ढुवानी गरेर ९० प्रतिशतसम्म अनुदान दिएको केरासँग हाम्रो महँगो लगानीको उत्पादनले प्रतिस्पर्धा गर्नुपर्दा समस्या हुने गरेको उनले बताए ।

    राज्यले थोरै राजस्वको लोभमा देशका किसानलाई पेसाबाट पलायन गर्ने नीति सुधार गर्नुपर्ने उहाँको माग छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर अपुग सामानमात्र भित्र्याउनुपर्ने उनी बताउँछन् । खेतमा बिरुवा लगाएर राजनीति गर्ने र कम्मरमा हात लगाएर बस्नेहरूले खेती हुन्न । बजार छैन, कृषि डुब्नका लागि गर्ने हो भन्ने भाष्य सृजना गरेकामा उनले दुःख व्यक्त गरे । यस्ता भाष्यले समाजमा कृषि कर्मप्रति नै नकारात्मक सोचको विकास गरेकाले युवाहरू यही कृषि कोरिया, जापान, अष्ट्रेलिया गएर गर्न लालायित हुने तर नेपालमा खेत बाँझै हुने अवस्था आएको किसान बलको बुझाइ छ ।

    कृषि गर्छु भन्नुभन्दा पनि किसानले आफूले लगाएको बिरुवाको भाषा बुझ्ने गरी अभ्यस्त हुनुपर्ने उनी बताउँछन् । बोटबिरुवासँग बिहान, दिउँसो र बेलुका भेट गर्ने र उनीहरूको कुरा बुझ्नेले मलजल गरेमात्र उत्पादन वृद्धि हुन्छ । उनले भने, “उत्पादन बढेपछि मात्र आम्दानी बढ्ने हो । बलले केराखेतीबाट सबै खर्च कटाएर मासिक रु एक लाखसम्म आम्दानी गरिरहेको भन्दै यस पेसाले आफूलाई सन्तुष्टि दिएको प्रतिक्रिया दिए । कुनै पनि कृषिलाई उन्नत बनाउन राज्यले प्रविधिको उपयोग तथा खेती प्रणालीको विकासमा भने ध्यान दिनुपर्ने उनी बताउँछन् । रासस

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.