Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » वर्तमान सरकार परिवर्तन गर्ने भारतको आशय छैन : परराष्ट्रमन्त्री

    वर्तमान सरकार परिवर्तन गर्ने भारतको आशय छैन : परराष्ट्रमन्त्री

    By सूचनापाना७ चैत्र २०८१, शुक्रबार
    भ्रमणबारे जानकारी गराउनुहुँदै परराष्ट्रमन्त्री डा राणा काठमाडौँ, ८ चैतः छिमेकी मुलुक भारत भ्रमणबाट शुक्रबार फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार सञ्चारकर्मीलाई भ्रमणबारे जानकारी गराउनुहँदै परराष्ट्रमन्त्री डा आरजु राणा देउवा । तस्बिरः हरिराम भेटुवाल÷रासस
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत वर्तमान सरकार परिवर्तन गर्ने आशयमा नरहेको आफूले पाएको बताएकी छिन् । छिमेकी राष्ट्र भारतको भ्रमण सकेर आज (शुक्रबार) स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएकी हुन् ।

    SuchanaPana.com

    नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भए पनि भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको उनले सुनाइन् । ‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौं । तर उहाँहरूको सपोर्ट चाहिँ डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ,’ राणाले भनिन्, ‘अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ । सरकारको सिस्टमनै परिवर्तन हुने जस्तो आशय मैले देखिनँ ।’

    उनले समकक्षीको हिसाबमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको बताइन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने आफूले भेटका लागि प्रस्ताव नै नगरेको उनको भनाइ छ । ‘भारतीय विदेशमन्त्रीसँग समकक्षीको हिसाबले भेट मागेको हो । र मैले भेटेको पनि हुँ । मोदीजीसँग भेट मागिएको पनि होइन । भेट पनि भएन,’ राणाले भनिन् ।

    ‘नेपाली फिर्ता गर्न युक्रेन तयार’
    रुसी फौजमा भर्ना भएर युक्रेनसँग युद्धमा पुगेका सात नेपाली युद्ध बन्दीहरु रिहाई गर्न युक्रेन तयार भएको परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले बताएकी छिन् । परराष्ट्रमन्त्री राणाले आफूले युक्रेनी समकक्षी एद्री सिबिहासँगको कुराकानीमा यस्तो भएको राणाले बताइन् ।

    जर्मनीस्थित नेपाली राजदूतलाई युक्रेन हेर्ने अख्तियारी दिएपछि त्यस्तो प्रकृया सुरु गर्ने युक्रेनी समकक्षीले बताएको राणाले बताइन् । सन् २०२२ फेब्रुअरीबाट सुरु भएको रुसको युक्रेन हमलापछि रुसी फौजमा भर्ना भएका विदेशीहरुमा नेपालीहरु पनि थिए । युक्रेनविरुद्ध लड्ने क्रममा सात नेपालीहरु युक्रेनी सैनिकले पक्राउ गरेर युद्धबन्दी बनाएको थियो।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.