काठमाडौं । राजावादीहरूको समूहले कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा लुट मच्चाएका छन् ।
तीनकुनेबाट लखेटिएपछि कोटेश्वर क्षेत्रमा पुगेको राजावादीको एउटा समूहले भाटभटेनीमा पहिले आगजनी र तोडफोड गरे ।
त्यसपछि सम्भावित आन्दोलनको चिन्ताले सटर बन्द गरिएको भाटभटेनीमा राजावादीको समूहले लुट मच्चाएको हो ।
राजावादीले भाटभटेनीमा लुट मच्चाउने क्रममा आफूखुसी सामान उठाउँदै लगेका थिए ।

