काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको राहादानी रद्द गर्ने र उनलाई नागार्जुन बस्न नदिने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्ताव अस्वीकृत भएको छ।
सभापति देउवाले शनिबार बसेको पदाधिकारी बैठकमा राजतन्त्र पुनस्थापना पक्षधरहरूको आन्दोलन चर्किँदै गएकाले पूर्वराजाको राहादानी रद्द गर्नुपर्ने प्रस्ताव पदाधिकारी बैठकमा राखेका थिए। तर, देउवाको प्रस्तावलाई पार्टीका नेताहरूले अनुमोदन गर्न अस्वीकार गरेका हुन्।
बैठकमा महामन्त्री गगन थापा, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले सभापति देउवाको प्रस्तावको समर्थन गरेका थिए।
