Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन राजनीतिक सहमति

    विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन राजनीतिक सहमति

    गठबन्धन कांग्रेससँग लिखित सझौता एमालेसँग
    By सूचनापाना२३ चैत्र २०८१, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । जिल्लाको ऐतिहासिक र शैक्षिक हिसाबले महत्वपूर्ण मानिने मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयन प्रक्रियामा शैक्षिक योग्यता भन्दा राजनीतिक सहमतिलाई प्राथमिकता दिइएको भन्दै स्थानीयस्तरमा बहस चर्किएको छ।

    SuchanaPana.com

    नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच मिलेमतो गरी शैक्षिक मापदण्ड नपुगेका व्यक्तिलाई अध्यक्ष बनाउन सहमति भएको पुष्टि भएपछि, विद्यालयको स्वायत्तता र गुणस्तरीय शिक्षामा प्रश्न उठाइएको छ।
    मन्थली माध्यमिक विद्यालय रामेछाप जिल्लाको प्रमुख सरकारी विद्यालयमध्ये पर्छ। दशौं र बाह्रौं कक्षामा राम्रो नतिजा दिने विद्यालयका रूपमा चिनिने यस संस्थाले विगतमा शैक्षिक सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो। यस्ता सुधारमा पारदर्शी नेतृत्व र योग्य व्यवस्थापन समितिको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। तर, यसपालिको अध्यक्ष चयन प्रक्रियामा शैक्षिक योग्यता र अनुभवभन्दा राजनीतिक समीकरणलाई प्राथमिकता दिइएको आरोप लाग्दै आएको छ।

    राजनीतिक सहमति र भागबन्डा

    स्रोतका अनुसार, स्थानीय तहमा तीन प्रमुख राजनीतिक दलहरूबीच एक साझा रणनीति बनेको छ। दलहरूले आ–आफ्नो प्रतिनिधित्व सुदृढ गर्न विद्यालयजस्तो सार्वजनिक संस्थामा पारस्परिक सहमति र भागबन्डा प्रणाली अपनाएका छन्। त्यसैअनुसार एक व्यक्तिलाई अध्यक्ष पदका लागि सिफारिस गरिएको छ जसको शैक्षिक योग्यता न्यून रहेको पाईएको छ ।

    एमालेका एक स्थानीय नेताले भने, “शिक्षा संस्थाको नेतृत्वमा स्थानीय जनप्रतिनिधित्व हुनु स्वाभाविक हो। हामीले अनुभव, सामाजिक सेवा र नेतृत्व क्षमताका आधारमा उम्मेदवार अघि सारेका हौं।”

    तर यही बिन्दुमा आलोचना सुरु भएको छ। शैक्षिक योग्यता बिना विद्यालय व्यवस्थापनको नेतृत्व लिनु भनेको “भविष्यको पुस्तामाथि खेलवाड गर्नु” सरह भएको अभिभावकहरूको भनाइ छ। विद्यालयका शिक्षक, अभिभावक र सामाजिक अभियन्ताहरूले यस निर्णयप्रति खुलेर असन्तुष्टि जनाएका छन्। एक शिक्षकले नाम नखुलाउने शर्तमा भने– “विद्यालयको नेतृत्व योग्य र शिक्षाको आधारमा चयन हुनुपथ्र्यो। राजनीतिक भागबन्डाले विद्यालयको गुणस्तरमा असर पुग्छ। हामीले विगतमा पनि यस्ता असर देखिसकेका छौं।”अभिभावक संघका एक सदस्यले थपे, “हाम्रो छोराछोरीको भविष्य राजनीतिमा गुमाउनुहुँदैन। योग्य र सक्षम नेतृत्व आवश्यक छ। अब हामी आवाज उठाउनेछौं।”

    शैक्षिक मापदण्ड र पारदर्शी प्रक्रिया नअपनाईकन गरिएको अध्यक्ष चयनले विद्यालयको शैक्षिक योजना, नीति निर्माण, बजेट विनियोजन र कार्यान्वयनमा समस्या ल्याउने जोखिम देखिएको छ। शिक्षाविद्हरू भन्छन्, “विद्यालयको विकास रणनीति बनाउने, शिक्षक नियुक्ति प्रक्रिया र शैक्षिक सुधार योजनामा योग्य नेतृत्व नभए गम्भीर असर पर्छ।”

    यता, समितिको औपचारिक गठन प्रक्रिया भने अघि बढिसकेको छ । गत १९ गते भएको उम्मेदवारी दर्तामा २० जनाको उम्मेदवारी दर्ता भएकोमा हाल निर्वाचनमा जानको लागि १२ जनाको उम्मेदवारी कायम निर्वाचन समितिले जनाएको हो । जसमा नेपाली काँग्रेस र नेकपा (माओवादी) निकट अभिभावकहरूको तर्फबाट खुल्लामा गणेश माझी र डल्ले माझी (राजकुमार) र महिला तर्फ उर्मिला भुजेल र कविता काफ्लेको उम्मेदवारी कायम भएको हो ।

    त्यस्तै, नेकपा (एमाले) निकट अभिभावको तर्फबाट खुल्लामा सुनिल कार्की र यमबहादुर बुढाथोकी र महिला तर्फबाट विनीता माझी र रमा बसेलको उमेद्वार कायम भएको निर्वाचन समितिले जनाएको हो ।

    त्यस्तै, स्वतन्त्र उम्मेद्वार भन्दै उम्मेदवारी दिइएकी (रास्वपा) रामेछापकी नेतृ एवं संघीय निर्वाचनमा प्रत्यक्षबाट उम्मेद्वार समेत बनेकी नेतृ समीक्षा श्रेष्ठ सहित अन्य तीन जना स्वतन्त्र उम्मेद्वारको पनि उम्मेदवारी कायम भएको समितिले जनाएको छ । नेतृ श्रेष्ठले आफ्नो पार्टीको तर्फबाट नभई स्वतन्त्र उम्मेद्वरी रहेको दाबी गरेकी छिन् । स्थानीय समुदायले भने यो विषयमा थप छलफल, ज्ञापनपत्र र दबाबमूलक कार्यक्रमको तयारी गरिरहेको स्रोतले बताएको छ।

    राजनीतिक सहमति र भागबन्डामा आधारित व्यवस्थापन समितिको गठनले मन्थली माध्यमिक विद्यालयजस्तो पुरानो र प्रतिष्ठित शैक्षिक संस्थाको विश्वसनीयता र गुणस्तरमा गम्भीर असर पार्न सक्छ भन्ने चिन्ता स्थानीय समाजमा स्पष्ट देखिन थालेको छ। अबको जिम्मेवारी अभिभावक, शिक्षक र सचेत नागरिक समाजको काँधमा आएको छ — कि यस संस्थाको भविष्य शिक्षामा आधारित बनाउने कि राजनीतिक पहुँचमा गुमाउने।

    गठबन्धन कांग्रेससँग लिखित सझौता एमालेसँग

    यसैबीच मन्थली माविको व्यवस्थापन समितिको अध्यक्ष चयन प्रक्रियामा नेकपा (माओवादी केन्द्र) ले बाहिरी रूपमा नेपाली कांग्रेससँग मिलेर गठबन्धन गरेको देखाए पनि, भित्री रूपमा भने नेकपा (एमाले) सँग लिखित सहमति गरेर अध्यक्ष चयनमा सहकार्य गरेको रहस्य खुलेको छ।

    विद्यालयको नेतृत्व चयनका लागि भएको पछिल्लो बैठकमा माओवादी र कांग्रेसबीचको समन्वय भाँडिएको देखिएको छ। माओवादी नेताले बैठकमा कांग्रेससँग छलफल नगरी एमाले र रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) सँग छुट्टै लिखित सहमति गर्दै अध्यक्ष पदका लागि साझा उम्मेदवार अघि सारेका छन्।

    अध्यक्ष चयन अघि माओवादी, एमाले र रास्वपाका स्थानीय नेताहरूबीच गोप्य रूपमा बैठक बसेको र त्यसपछि तीन दलले एक लिखित सम्झौता समेत गरेका पाईएको छ। उक्त सम्झौतामा मन्थली माध्यामिक विद्यालय मा यही २०८१ साल चैत्र २५ गते सोमवार हुने विद्यालय व्यवस्थापन समिति को निर्वाचनमा सुनिल कार्की, यम बहादुर बुढाथोकी, विमला माझी र कविता काफ्लेलाई प्रत्यक्षमा विजयी गराउन भित्रि गठबन्धनका नेता लाग्ने र पुरुषमा तेज प्रसाद सुवेदी र महिलामा सुमित्रा श्रेष्ठलाई मनोनित गर्ने भित्रि सहमति समेत भएको छ । साथै एक वर्ष कार्यकाल बाँकी रहेको शिक्षक अभिभावक संघको अध्यक्षको समेत भागबण्डा सहमतिपत्रका लगाईसकिएको खुलेको छ । शिक्षक अभिभावक संघको अध्यक्षमा कुमार थापा लाई चयन गर्न प्रतिवद्दता गरिएको समेत खुलेको छ ।

    सहमती पत्रमा एमालेका नेता एवम् मन्थली नगरपालिका प्रवक्ता (वडा नं. ८ का अध्यक्ष) गोपाल श्रेष्ठ, एमाले रामेछापका सचिव प्रकाशकुमार कार्की, एमाले बागमती प्रदेश सामाजिक बिकास विभागका सचिव ध्रुवकुमार कार्की, एमालेका मन्थली नगर अध्यक्ष नेता रामबाबु घिमिरे, माओवादीका नेता तथा मन्थली मावि व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तेजप्रसाद सुवेदी, माओवादीका नेता युवराज सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता नारायण बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामेछापका संघीय सांसदका उम्मेद्वार समिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.