Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » गभर्नर बन्ने निश्चित भएका भट्टको राजीनामा अस्विकृत

    गभर्नर बन्ने निश्चित भएका भट्टको राजीनामा अस्विकृत

    By सूचनापाना५ बैशाख २०८२, शुक्रबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको१८औँ गभर्नर बन्ने निश्चितजस्तै देखिएका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा अस्वीकृत भएको छ ।

    SuchanaPana.com

    सत्ता साझेदार नेकपा एमाले र नेपाली काँग्रेसबिच भट्टलाई भावी गभर्नर बनाउने सहमतिपछि कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको भट्टको राजीनामा कायममुकायम निलम ढुङ्गानाले अस्वीकार गरिदिएकी हुन । नेपाल राष्ट्र बैङ्कका सूचना अधिकारी सुमन न्यौपानेले भट्टको राजीनामा अस्वीकृत भएको बताए
    ।
    गभर्नरको नाम सिफारिसमा पर्नका लागि राजीनामा स्वीकृत हुनुपर्ने भन्दै भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर राजीनामा स्विकृत हुने पर्ने अवस्थामा उनको राजीनामा अस्वीकृत भएसँगै गभर्नर नियुक्तिको विषय थप पेचिलो बनेको छ ।

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालकी कायममुकायम निलम ढुङ्गानालाई गभर्नर बनाउने आश्वासन दिएपछि काँग्रेसले कुनै हालतमा गभर्नर एमालेलाई दिन नसकिने अडान लिएको थियो । प्रधानमन्त्री ओलीबाट आश्वसन पाएकी हालकी कायममुकायम ढुंगानाले भट्टको राजीनामा अस्विकृत गरेकी हुन् ।

    नयाँ गभर्नर नियुक्तीको चर्चाका बीच नेपाली काँग्रेसले पूर्व सचिव राजेन्द्र किशोर क्षेत्रीलाई गभर्नर बनाउने तयारी गरेको थियो । बिद्यमान ऐनमा उमेर हद लाग्ने भएपछि क्षेत्रीकै निम्ति ऐन संशोधन समेत भएपनि सर्वोच्च अदालतले संशोधित ऐन कार्यान्वयन गर्न रोक्ने आदेश दिएपछि क्षेत्रीके बाटो बन्द हुन पुगेको थियो ।

    नयाँ गभर्नर नियुक्त गर्ने प्रक्रिया शुरु भएपछि एमालेले यसअघिका महत्त्वपूर्ण नियुक्ति काँग्रेसलाई दिएकाले गभर्नर आफुले पाउनुपर्ने माग राखेको थियो । एमालेले गभर्नर खोजेपछि काँग्रेस गठबन्धनबाटै बाहिरिनेसम्मको निर्णयमा पुगेको थियो । तर, मंगलबार प्रधानमन्त्री ओलीसँगै बालुवाटार पुगेर देउवाले गभर्नर नदिए सरकार ढल्न सक्ने चेतावनी दिएपछि एमाले गभर्नरको अडानबाट पछि हटेको हो । त्यसपछि काँग्रेस सभापति शेर बहादुर देउवाले सुदूरपश्चिमका भट्टलाई अघि सारेका थिए । देउवाले आजै भट्टलाई भेटेर गभर्नर बन्ने निश्चित भएको सुनाएका थिए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.