Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » गभर्नर नियुक्तिविरुद्ध परेकाे रिट ‘हेर्न नभ्याइने’ मा

    गभर्नर नियुक्तिविरुद्ध परेकाे रिट ‘हेर्न नभ्याइने’ मा

    By सूचनापाना७ बैशाख २०८२, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । गभर्नर नियुक्तिलाई जोडेर सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ ‘हेर्न नभ्याइने’ मा परेको छ । गभर्नर नियुक्तिका लागि उमेर हद नलाग्ने गरी संशोधन भएको मापदण्डविरुद्ध परेको रिटमा अन्तरिम आदेशमाथि छलफल गर्न आइतबार हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

    SuchanaPana.com

    अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार गभर्नर नियुक्तिसम्बन्धी मापदण्ड संशोधन गरेर उमेर नलाग्ने निर्णयविरुद्ध रिट हालेका थिए । त्यसमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरकालीन अन्तरिम आदेश दिँदै आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे छलफल गर्न आइतबार (आज) पेशी तोकिएको थियो । नेपाल राष्ट्र बैंकमै कार्यरत गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी सत्ता गठबन्धनले गरेपछि उनको योग्यतामाथि प्रश्न गर्दै थापा र उपे्रतीले शुक्रबार पुरक निवेदन दर्ता गरेका थिए । दुवै निवेदनलाई एक साथ सुनुवाइ गर्न फुयाल र पाण्डेयको इजलासमा पेशी तोकिए पनि समय अभावका कारण नभ्याइएको सर्वोच्च प्रशासनले जानकारी दियो ।

    वैशाख २ गते एकल इजलासले मापदण्ड संशोधन गरेर गभर्नरमा उमेरहद नलाग्ने बनाउनुको कारण पेश गर्न आदेश दिएको थियो । अरु संवैधाकि नियुक्तिमा जस्तै गभर्नरमा पनि ६५ वर्षे सेवा अवधि लागू हुनुपर्ने निवेदक उप्रेती र थापाको माग छ । फागुन २७ गते अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ३९ (ग) हटाएर नेपाल सरकारले गभर्नरको नियुक्तिमा उमेरको योग्यताको प्रावधान हटाएको थियो। उक्त दफामा कार्यकारी प्रमूखको हकमा तीस वर्ष र कार्यकारी प्रमूख बाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ बर्ष उमेर पूरा भई ६५ बर्ष उमेर ननाघेको व्यवस्था थियो ।

    सरकारले चाहेको व्यक्तिलाई नियुक्ति दिन उक्त प्रावधान बाधक देखिएपछि सरकारले संशोधन गरेर उमेरहद नलाग्ने व्यवस्था गरेको हो। राजनीतिक निर्वाचनबाट हुने नियुक्तिमा बाहेकका नियुक्तिमा कम र बढी उमेर हदको व्यवस्था हुनुपर्ने संवैधिानक प्रावधान छ । महाप्रसाद अधिकारीको कार्यकाल सकिएका कारण चैत २५ देखि राष्ट्र बैंकको गभर्नर पद रिक्त छ । रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिको प्रबन्ध गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि सरकारले अहिलेसम्म नयाँ गभर्नर दिन सकेको छैन ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.