काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम स्थलबाटै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए ।
प्रवक्ता बोहोराले भने चौधरीलाई सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पक्राउ गरिएको हो । रेशम नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रमका लागि प्रज्ञा प्रतिष्ठान परिसर पुगेका थिए ।
टिकापुर घटनाका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । एकताका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको छ ।