काठमाडौँ । सत्ता गठबन्धन दलले काठमाडौँमा जारी शिक्षक आन्दोलन स्थगित हुने विश्वास लिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने निर्णय भएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
