रामेछाप । क्यान्सर पीडित बालिकाको उपचारका लागि प्रहरी कर्मचारीले आर्थिक सहयोग गरेका छन् ।
मन्थली नगरपालिका–२ टेकानपुरकी ५ वर्षीया बालिका अनु श्रेष्ठको उपचारका लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी कर्मचारीहरुले ५५ हजार ५ सय ५५ रुपैँया आर्थिक सहयोग गरेका हुन् ।
प्रहरी कर्मचारीबाट सङ्कलित रकम जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बुधबार बिरामीका बाबु सुमन श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै सिंहले प्रहरीको तर्फबाट अझै सकेको सहयोग हुने बताए । बालिकाको कान्ति बाल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
