Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बारपाकको दलितबस्ती : ‘बत्तीमुनिको अँध्यारो’

    बारपाकको दलितबस्ती : ‘बत्तीमुनिको अँध्यारो’

    By सूचनापाना१९ बैशाख २०८२, शुक्रबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    गोरखा । खोल्सा छेउको एउटा सानो बस्ती, झुत्रो त्रिपालले ढाकेका अस्तव्यस्त जीर्ण टहरा । होचो र साँघुरो टहरोभित्रको अवस्था उस्तै । धुवाँले काला भएका भित्ता र छानो, त्यही धुवाँभित्र असरल्ल छरिएका सामान । सानो टहरोलाई पनि जस्ताले बारेर दुई भाग लगाइएको छ । टहरोमा झ्याल छैन, जस्ताको पाताले बनेको एक खापा भएको ढोका पनि जीर्ण ।

    SuchanaPana.com

    यही टहरोभित्र यसैवर्ष एसइई दिएकी स्थानीय १६ वर्षीया अमृता विकले हजार सपना सजाइरहेकी छिन् । बारपाक सुलीकोट गाउँपालिका–२ मा अवस्थित यो सानो झुप्रोभित्र उनीसहित सात जना ओत लागिरहेका छन् । “के गर्नु हजुर यस्तै छ समस्या । धुवाँले यहाँका बस्तुमात्र कालाम्य भएका छैनन्, म र ससाना भाइबहिनीको भविष्य पनि अलमलमा छ । धुवाँ जाने ठाउँ छैन् । बानी नहुने मान्छेहरू एकछिन् पनि बस्न सक्दैनन्”, खाना बनाउँदै गरेकी अमृताले भनिन्,“हामी सात जनाले खाने, बस्ने, सुत्ने सबै यही ठाउँ हो । जति सफा गर्दा पनि हुँदैन, एकैछिनमा उस्तै फोहर भइहाल्छ ।”

    विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प जाँदा उनी छ वर्षकी थिइन् । भूकम्पले उठिबाँस लगाएपछि बुबा आमाले झ्याउँकुटी पार्दै उनलाई यहाँ ल्याएकी थिइन् । “त्यो बेलाको भूकम्प राम्रोसँग याद छ । भूकम्पअघि हामी डाँडागाउँ, गैरीगाउँमा बस्थ्यौँ । ढुङ्गामाटोले बनेको दुईतले घर थियो । आँगन पनि ढुङ्गाले छापेको थियो”, विगत सम्झँदै अमृताले भनिन्, “एक्कासी भूकम्प आयो । हाम्रो घर माटोमै मिल्यो । घडेरी पनि पहिराको जोखिममा प¥यो । अनि यहाँ आएका हौँ, त्यसयता यही त्रिपालमुनि बस्नु परेको छ ।”

    सात जना परिवार एकैठाउँ बस्नुपर्दा विभिन्न समस्या झेल्नुपरेको उनको गुनासो छ । “साह्रै सकस छ । हुर्केको दाजुभाइ, बाउआमा सबै एकैठाउँमा सुत्न, बस्न गाह्रो हुन्छ । कोही पाहुना आउँदा झनै गाह्रो”, अमृताले सुस्केरा हाल्दै भनिन् ।

    सबैभन्दा धेरै समस्या त महिनावारीका बेला हुन्छ । न प्याड फेर्ने ठाउँ छ न कपडा । शान्तसँग आराम गर्ने वातावरण पनि छैन । “महिनावारी हुँदा साँझमा वा एकाबिहानै तल बारीतिर गएर प्याड फेनुपर्छ । दिनभरचाहिँ सबैजना यहीँ भएकाले गाह्रो हुन्छ । दिउँसो एकछिन आराम गर्ने वातावरण पनि छैन”, उनले पीडा सुनाइन् ।

    यो समस्या अमृताको मात्रै होइन, यस बस्तीका हरेक किशोरीहरूको हो । केही समय अघिमात्र महिनावारी भएकी १२ वर्षीया आयुषा विक महिनावारीभन्दा पनि यहाँको वातावरणसँग त्रासित छन् । हिमालय माविमा कक्षा ५ मा अध्ययनरत उनलाई महिना–महिनामा भइरहने यस कुराले साह्रै पिरोल्छ । प्याड फेर्न साँझ वा एकाबिहानै बारीमा जानुपर्दा महिनावारीभन्दा बढी पीडा छ आयुषालाई । “धेरै रगत बग्छ, साँझमात्र लुकेर प्याड फेर्न जानुपर्छ”, उनले सुनाइन्,“दिउँसो घरमा दाइ, भाइ, बाबा हुन्छन् । स्कुल जाँदाचाहिँ उतै फेरेर आउँछु ।”

    यो बस्तीमा एउटा पनि व्यवस्थित शौचालय छैन । पानीको अभाव उस्तै छ । महिनावारीको समयमा शौचालय प्रयोग गर्दा र नुहाउँदा निकै समस्या झेल्नु यहाँका हरेक युवतीको नियती हो । “शौचालय पनि भत्किने जस्तो छ, फोहर त्यस्तै । महिनावारीको समयमा शौचालय प्रयोग गर्न धेरै समस्या हुन्छ”, १२ वर्षीया आयुषाले दुःखेसो पोखिन् ।

    यहाँकी ३० वर्षीया दिपासा विकलाई सित्केरी भएको अठार महिनामात्रै पुगेको छ । भूकम्पले बिचल्लीमा परेकी उनको दिन यही बस्तीको अभावसँग जुध्दै बितिरहेको छ । “यहीँ जन्मेँ, बिहे पनि गाउँमै गरेँ । भूकम्पले गर्दा आफ्नो व्यवस्थित घरबाट उठिबास भएर यस्तो झुपडीमा आउनुप¥यो । दुई नानीबाबु यही झुपडीमा जन्मिए । यहाँ भोको समस्या बयान गरेर साध्य छैन्”, उनले भनिन् ।

    गर्मीमा असाध्यै गर्मी अनि जाडोमा असाध्यै जाडो । यहाँका बालबालिका, ज्येष्ठ नागरिक, किशोरी र दिपासाजस्ता सुत्केरीहरूले भोग्नुपरेको साझा पीडा हो । सरकारी स्वामित्वमा रहेको यस बस्तीमा २१ घरधुरीका ५० भन्दा धेरै मानिस बसोबास गर्छन् । बारपाकको सौन्दर्यमा मन्त्रमुग्ध हुने जोकोहीलाई त्यहीँमुनि खोल्साको छेउमा रहेको दलित बस्तीले गिँज्याइरहेको छ ।

    विसं २०७२ वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टरको भूकम्पले यहाँका एक हजार १०० घरधुरी क्षणभरमै ढले । गाउँमा ७२ जनाको मृत्यु भयो । बाँचेकाहरू पनि महिना दिनसम्म खुला आकाशमुनि बसे । पछि डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ दलित परिवार कृषि र पशु कार्यालयको स्वामित्वमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । १४ परिवार फेरि आआफ्नै थातथलोमा फर्किए ।

    डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिराले राङरुङ खोलासम्म पुग्यो । फर्किनसक्ने अवस्था नभएपछि ती परिवारले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । त्यो पहल १० वर्षसम्म पनि सफल भएको छैन ।

    राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवासुविधा दिइन्छ तर भूकम्पको केन्द्रबिन्दु बारपाककै दलितबस्तीमा भने हालसम्म कसैले ध्यान दिन नसकेको गुनासो छ । त्यसैले भूकम्प गएको पहिलो दिनदेखि १० वर्ष बितिसक्दा पनि टहरोकै बास बस्नुपरेको छ ।

    यहाँका अगुवा सुकबहादुर विक आफूहरूलाई बास माग्दै ८६ पटक सिंहदरबार धाए तर सुनुवाइ भएको छैन । “१० वर्षमा त जनयुद्ध पनि वारपार भएको थियो तर यो बस्तीलाई पुनःस्थापना गर्ने लडाईं १० वर्षसम्म पनि वारपार भएको छैन । एउटा पार्टीको सरकारले जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ काम रोकिन्छ । राजनीतिक कारणले नै २१ परिवारलाई दुःख दिने काम भइरहेको छ”, उनको गुनासो छ ।

    पूर्वसहमतिअनुसार यहाँको छ रोपनी १० आना जग्गा २१ परिवारका नाममा गरिनुपर्ने अर्का अगुवा उत्तम विकको माग छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट भने जति प्रयास गर्दा पनि सो माग पूरा गर्न नसकिएको बताउँछन् । जग्गाको स्वामित्व हस्तान्तरणको काम नहुँदा अन्य व्यवस्थापकीय काम गर्न समस्या भएको उनको भनाइ छ । “जति प्रयास गर्दा पनि सफल भएका छैनौँ । अब त वैकल्पिक दिनुपर्छ । यसरी समस्यामा पार्नु राम्रो होइन”, अध्यक्ष भट्टले भने । रासस

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.