ललितपुर । रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीहरूको बिना सर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ऐक्यबद्धता जनाएका छन् ।
रिले अनसन प्रति समर्थन जनाउन संयोजक सुवेदी शनिबार जावलाखेल पुगेका हुन् । रिले अनसनका सहभागीलाई सुवेदीले भेटेर आस्थाका बन्दीहरूको रिहाइ हुनुपर्दछ, मानव अधिकारको सम्मान र प्रत्याभूति हुनुपर्दछ भन्दै ऐक्यबद्धता जनाए ।
आस्थाका बन्दी रिहाइ गर्नुपर्ने, मानव अधिकारको सम्मान गर्नुपर्ने, हिन्दु अधिराज्य कायम गर्नुपर्ने, राजसंस्था पुनर्स्थापना गर्नुपर्ने लगायतका अनसनकारीहरूको माग छ। यसैगरी अनसनमा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जन प्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरिएको छ ।
रिले अनसन शनिबार दोस्रो दिनमा प्रवेश गरेको छ । आयोजकले जनाए अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ ।
