Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » तीनतले शिवलिङ्गको ‘त्रिलोकेश्वर’ नामाकरण, यसरी भेटिएको थियो

    तीनतले शिवलिङ्गको ‘त्रिलोकेश्वर’ नामाकरण, यसरी भेटिएको थियो

    By सूचनापाना२२ बैशाख २०८२, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    भक्तपुर । भूमि चाँगुनारायण नगरपालिका–७ वागेश्वरीको वागेहिटीमा रहेको तीनतले अद्भुत शिवलिङ्गको नामाकरण गरिएको छ ।

    SuchanaPana.com

    वागेहिटी मन्दिरमा चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको बृहत् छलफल एवं शिवलिङ्गको नामाकरण कार्यक्रममा सहभागी धार्मिक, आध्यात्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकलगायत विद्वत वर्गको बृहत् छलफल र धार्मिक ग्रन्थका आधारमा उक्त शिवलिङ्गको नामाकरण गरिएको हो ।

    कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले विद्वत वर्गको भेला एवं धार्मिक ग्रन्थ र यहाँ पाइएका अभिलेखका आधारमा आज त्रिलोकेश्वर महादेवको नामबाट नामाकरण हुँदा यो ठाउँले न्याय पाएको महसुस भएको बताए । यसको अझै अध्ययन, अनुसन्धान र खोज हुनुपर्ने बताउँदै उनले पाका पुस्ता एवं पुजारीले यहाँको धारोमा राति सेतो बाघ आएर नुहाएर त्यसको माथि रहेको देवीको मन्दिरमा जाने गरेको देखेर नै बाघले नुहाउने धाराबाट यो तीर्थस्थलको नाम बाघेहिटी रहन गएको बताए।

    नगरकोटस्थित महादेव पोखरीको जल यहाँ आएर वाल्मीकेश्वर महादेव मन्दिर र भक्तपुर तलेजुसम्म जाने गरेको यथार्थता रहेको भन्दै उनले नगरकोट भ्रमण वर्षलाई जोडेर यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए ।

    कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाइवाले तीनतले शिवलिङ्ग आफूले यहाँ मात्रै देखेको बताउँदै यस्ता सम्पदाको संरक्षण गर्ने र पर्यटकीय गन्तव्य बनाउने कार्यको थालनी गर्नुपर्ने बताए । प्राडा दिनेशराज पन्तले पुरातात्विक सम्पदा क्षेत्रमा विकृति देखिनेगरी आधुनिक निर्माण रोकिनुपर्नेमा जोड दिँदै हाललाई यो मन्दिरको नाम त्रिलोकेश्वर राख्नु नै उपयुक्त हुने बताए ।

    कार्यक्रममा पशुपति विकास कोषका पूर्वसदस्यसचिव डा गोविन्द टण्डनले यहाँको शिलालेखले यो लिच्छवीकालभन्दा पुरानो हुनसक्ने बताउँदै यहाँ रहेको धारा शिवपुरीको बाघद्वारमा र यहाँ मात्रै रहेको दाबी गरे । उनले तीनतले शिवलिङ्ग भेटिएको २९ वर्षपछि नामाकरण गर्ने अवसर जुरेको भन्दै विभिन्न नामहरू राख्न सकिने भए पनि तत्काललाई तीनलोकको प्रतिनिधित्व गर्ने त्रिलोकेश्वर राख्न सकिने बताए ।

    त्यस अवसरमा पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले शास्त्रसम्मत दृष्टिकोणलाई नियाल्दा यहाँको शिवलिङ्ग तीनवटा जलहरि रहेको स्वर्ग, मत्र्य र पाताल तीनैलोकको प्रतिनिधित्व गर्ने भएकाले त्रिलोकेश्वर नाम नै उपयुक्त हुने बताए ।

    पशुपति विकास कोषका पूर्वसदस्यसचिव प्रा चेतुनाथ गौतमले यहाँ आएर विशिष्ट प्रकारको शिवलिङ्गको दर्शन गर्न पाएको भन्दै मूर्तिको नामाकरण गर्दा नामसँग तादम्यता र पूजा विधि मिल्नुपर्ने, मूर्तिको लक्षणका आधारमा नामाकरण गर्नुपर्ने बताए । कार्यक्रममा इतिहासविद् प्राडा पुरूषोत्तमलोचन श्रेष्ठले दक्षिण एसियामै दुर्लभ मानिने यस प्रकारको शिवलिङ्गलाई त्रिलोकेश्वर वा त्रिलिङ्गेश्वर नाम दिन सकिने बताए ।

    यसरी भेटिएको थियो तीनतले शिवलिङ्ग

    स्थानीय माधव लामिछानेले २०४५ सालमा सरसफाइका क्रममा जङ्गलभित्र एउटा सानो धारो र एकखुट्टे भर्‍याङ भेटिएको, २०४८ सालमा पानी कुलो सरसफाइ गर्ने क्रममा गाढिएको अवस्थामा नारायणको मूर्ति, ढुङ्गाको सानो मन्दिर र एक शिललिङ्गलाई नारायणले माथिबाट छोपिएको अवस्थामा भेटिएको बताए।

    विक्रम संवत् २०५५ मा तत्कालीन गाविस अध्यक्ष राधाकृष्ण लामिछानेले वागेहिटी संरक्षणका लागि रू १५ हजार बजेट विनियोजन गरेपछि सानो मन्दिर सफा गर्दै सातवटा नागले जेलिएको जलहरि र त्यसको तल करिब साढे तीन फिट सर्प रहेको अवस्थामा तीनतले अद्भूत शिवलिङ्ग भेटिए पनि वास्तविक नामाकरण भने गर्न नसकेको बताए ।

    तत्पश्चात् पुरातत्व विभागले रू तीन लाखमा मन्दिर निर्माण गर्दै संरक्षणको थालनी गरेको उहाँले बताए। कार्यक्रममा स्थानीय अर्जुनप्रसाद बास्तोला, पूर्वन्यायाधीश सहदेवप्रसाद बास्तोला, मोहन खनाल, राधाकृष्ण लामिछाने, शिवअवतारी लामालगायतले नामाकरणले मन्दिर र वागेहिटी क्षेत्रलाई विश्वका हिन्दू धर्मावलम्बीहरूमाझ प्रचार गर्नुपर्ने औँल्याएका छन् ।

    नगरकोट भ्रमण वर्ष सचिवालयका प्रमुख डा धनश्याम खतिवडाले शिवलिङ्गको नामाकरणले धेरै वर्षदेखिको अन्योलता हटेको र अबदेखि त्रिलोकेश्वर महादेव मन्दिरकै नाममा श्रावणी मेला सञ्चालन गर्न सकिने बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.