Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » छ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र

    छ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र

    By सूचनापाना२४ बैशाख २०८२, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सर्लाही । नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको सघन उपचार कक्षको ढोकामा ताल्चा झुन्डिएको छ वर्ष भयो । उपचार कक्षमा एउटा आइसीयु र एक थान भेन्टिलेटर छ । तर, त्यसको प्रयोग गर्ने दक्ष चिकित्सक छैनन् । उपचार केन्द्रले विगत छ वर्षदेखि दक्ष चिकित्सक भर्ना गर्न पटकपटक सूचना आह्वान गर्दा कोही चिकित्सक भर्ना हुन आएका छैनन् ।

    SuchanaPana.com

    विज्ञापन गर्दा कहिले आवेदन नपर्ने, कहिले छनोट भएका चिकित्सक नियुक्ति लिनै नआउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताए। सर्पको बिगबिगी हुने महिनामा केन्द्रमा दैनिक ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन् । सर्पले डसेर आएकामध्ये जटिल प्रकृतिका बिमारीलाई तत्काल आइसीयु र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने हुन्छ ।

    उपचार केन्द्रमा उपकरण तयारी अवस्थामा भए पनि सञ्चालन गर्ने जनशक्ति नहुँदा बिमारीलाई अन्यत्र रिफर गर्नुपरेको अध्यक्ष पौडेलले बताए। ‘विषालु सर्पले डसेर गम्भीर अवस्थामा पुगेका बिरामीसँग बाटोको समय हुँदैन’ केन्द्रका इन्चार्ज एवं हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले भने, ‘लैजाँदै गर्दा बाटोमै ज्यान गएका धेरै घटना छन् ।’

    सर्पदंशका कारण गम्भीर भएका बिरामीको उपचारका लागि केन्द्रले २०७५ सालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गरेको थियो । तत्कालीन समयमा स्वयंसेवकका रुपमा कार्यरत चिकित्सक अर्जुन लामाले उक्त उपकरण सञ्चालन गर्ने गरेका थिए । तर, २०७६ साल असार २३ गते राति उपचारको क्रममा सर्लाहीको हरिवनकी दुई वर्षीया बालिकाको केन्द्रमा मृत्यु भयो ।

    घटनापछि बालिकाका आफन्तले केन्द्रको सघन उपचार कक्षमा रहेको उपकरण तोडफोड गर्नुका साथै चिकित्सक लामामाथि हातपात गरेका थिए । त्यस घटनापछि केन्द्रको सघन उपचार कक्षमा ताला लागेको हो । तोडफोड भएको उपकरण प्रदेश सरकार र लालबन्दी नगरपालिकाको बजेटबाट मर्मत गरे पनि चिकित्सक भने अझै आउन मानेका छैनन् ।

    दक्ष जनशक्ति नहुँदा आइसीयु र भेन्टिलेटर छ वर्षदेखि प्रयोग बिना राख्नुपरेको केन्द्रका अध्यक्ष पौडेलको गुनासो छ । आइसीयु र भेन्टिलेटर सञ्चालन गर्न जान्ने चिकित्सक नियुक्त गर्न केन्द्रले गत चैतमा मात्रै आवेदन मागेको थियो । पाँच जना चिकित्सकले आवेदन भरेका पनि थिए । तर, उत्तीर्ण चिकित्सक नियुक्ति लिनै नआएको उनको भनाइ छ ।

    चार वर्ष पहिला उपचार केन्द्रमा कार्यरत एक चिकित्सक र दुई जना स्वास्थ्यकर्मीलाई तालिमको लागि केन्द्रले धरान पठाइएको थियो । ‘उहाँहरूले आइसीयु र भेन्टिलेटर चलाउने आँट गर्नुभएन,’ अध्यक्ष पौडेलले भने। सर्पले डसे र गम्भीर अवस्थामा ल्याएका बिरामीलाई तुरुन्त आइसीयु र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने हुन्छ ।

    उपचार केन्द्र खुला स्थानमा रहेकाले स्थानीय र बिरामीका आफन्तको भीड उपचार कक्षसम्म पुग्ने गर्छ । यसले गर्दा चिकित्सकले स्वतन्त्र रुपमा उपचार गर्न नपाउने गरेको अध्यक्ष पौडेलको भनाइ छ । हाल यस केन्द्रमा एक जना एमबिबिएस चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मी कार्यरत छन्। नेपाली सेनाका दुई जना स्वास्थ्य कर्मचारी २४सै घण्टा निःशुल्क खटिने गरेका छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.