Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    २४ असार २०८२, मंगलवार

    हिमताल फुटेर रसुवामा बाढी आएको आशंका

    २४ असार २०८२, मंगलवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा

    बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा

    By सूचनापाना२६ जेष्ठ २०८२, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमूना सहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ ।

    SuchanaPana.com

    बुर्तिबाङलाई नयाँ सहर बनाउन २०६९ सालमा घोषणा गरिएको थियो। आर्थिक वर्ष २०७२/७३ मा सरकारले बजेट विनियोजन नै गरेर काम अगाडि बढाएको थियो । आयोजनाको काम सुरु भएको १२ वर्षसम्म पनि अपेक्षाकृत रूपमा काम हुनसकेको छैन । २०६९ साल अगाडि नै बुर्तिबाङमा बजारको रूपमा स्थापित थियो ।

    त्यसलाई थप व्यवस्थित गर्दै जाने भनिए पनि पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको देखिन्छ। विसं २०६९ देखि २०९० सम्म आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य थियो। आयोजान सुरु भएदेखि हालसम्म रु ७८ करोड बढी रकम सरकारले विनियोजन गरेको छ। त्यसमध्ये रु ५० करोडमात्र खर्च भएको छ। नयाँ सहर आयोजनाले अझै थुप्रै पूर्वाधारका क्षेत्रमा काम गर्न बाँकी नै छ।

    आयोजनाले हालसम्म १६ दशमलव तीन किलोमिटर सडक ढलान, छ दशमलव तीन किलोमिटर नाला निर्माण, पाँच किलोमिटर नयाँ सडक ट्रयाक निर्माण, एउटा सभाहल, कुतथ्याप्लामा एकीकृत भवन, मनोरञ्जन पार्क निर्माण, दुई ७२ स्थानमा सौर्यबत्ती जडान, ५६ रोपनी जग्गा खरिद गरेको आयोजना कार्यालय सूचना अधिकारी कोमल शाहले जानकारी दिए। अहिले बसपार्क र टर्मिनल भवन निर्माणको भइरहेको उनको भनाइ छ । विनियोजित रकम खर्चका आधारमा पाँच प्रतिशतमात्र काम भएको उनले बताए ।

    हाल तारीखेतबाट कुत्थ्याप्ला पहुँचमार्ग, पार्क निर्माण, कर्वडहलबाट दुलेसम्मको सडक र भब्रेटामा खेलकुद मैदान निर्माण भइरहेको छ। बुर्तिबाङ बजार जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र र नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार हो । बजार क्षेत्रमा सवारी चाप बढ्दै गए पनि सडकको अवस्था पुरानै छ। नयाँ सहरका रूपमा निदृष्ट क्षेत्रमा कालोपत्र सडक निर्माण, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासीलगायतको प्रबन्ध, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत पूर्वधार निर्माण हुनुपर्ने भए पनि अझै धेरै काम गर्न बाँकी रहेको सूचना अधिकारी शाह बताउँछन् ।

    यो आयोजानाका लागि रु एक अर्ब समेत विनियोजन भएको छैन । सरकारले हालसम्म आव २०७२/७३ मा रु चार करोड ४७ लाख, आव २०७३/७४ मा रु आठ करोड २२ लाख, आव २०७४/७५ मा रु १६ करोड ४० लाख, आव २०७५/७६ मा रु १३ करोड छ हजार, आव २०७६/७७ मा रु सात करोड ५७ लाख, आव २०७७/७८ मा रु छ करोड ७३ लाख, आव २०७८/७९ मा रु १२ करोड छ लाख, आव २०७९/८० मा रु १८ करोड ३३ लाख, आव २०८०/८१ मा रु सात करोड ३३ लाख तथा चालु आवमा रु नौ करोड ९५ लाख विनियोजन भएको थियो ।

    हरेक वर्ष बजेटको आकार घटबढ हुँदा लक्ष्यअनुसार काम गर्न नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ। बर्सेनि करोडौँको बजेट नयाँ सहरका लागि आए पनि सोचेअनुसारको काम नभएको स्थानीय कुलमबहादुर घर्तीले बताए। आयोजना कार्यालयले फाट्टफुट्ट कम गरे पनि देखिने गरी नभएको उनको भनाइ छ। आम नागरिकले बढी प्रयोग गर्ने सडक, खानेपानी र बसपार्क भएको भन्दै ती कुनै पनि पूर्वाधार व्यवस्थित नभएको घर्तीले सुनाए।

    उनले भने, ‘१०–१२ वर्ष भयो यो नयाँ सहरको काम सुरु भएको तर अहिलेसम्म गतिलो संरचना बनेको देखिँदैन, बुर्तिबाङ बजारमा अहिले पनि पहिलेकै साँघुरो सडक छ, ओहोरदोहोर गर्न गाह्रो छ, साँघुरो सडकमा जोखिम मोलेर यात्री हिँड्छन्, फोहर व्यवस्थापन पनि हुनसकेको छैन, काम गरेपछि त केही फरकपन हुनुपर्ने हो, तर खासै केही परिवर्तन भएको छैन।’ अझै चुरेलावासमा पुल, खेल मैदान, सडक, हाटबजार, शीतभण्डार निर्माणलगायतका संरचना निर्माण गर्न बाँकी रहेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    २४ असार २०८२, मंगलवार

    हिमताल फुटेर रसुवामा बाढी आएको आशंका

    २४ असार २०८२, मंगलवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा रु १५ खर्ब ३२ अर्ब ९३ करोड बराबरको…

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    २४ असार २०८२, मंगलवार

    हिमताल फुटेर रसुवामा बाढी आएको आशंका

    २४ असार २०८२, मंगलवार

    सैनिकको शव खोज्न जाँदा टर्कीका १२ सैनिकले गुमाए ज्यान

    २४ असार २०८२, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.