Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटक बढे

    सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटक बढे

    By सूचनापाना३ असार २०८२, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    मुस्ताङ । बेनी-जोमसोम-कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो ।

    SuchanaPana.com

    मुस्ताङ धार्मिक तथा पर्यटकीय दृष्टिले देशको प्रमुख गन्तव्य हो । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड मुख्य धार्मिकस्थल हुन् ।

    यसैगरी, उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा, मार्फा, जोमसोम बजार यहाँका पर्यटकीय गन्तव्य हुन् । पृथक भूगोल, प्राकृतिक सौन्दर्य, जैविक विविधता, प्राचीन गुम्बा तथा मठमन्दिरका साथै यहाँका धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदाले जुनसुकै उमेरका मानिसलाई आकर्षित गर्दै आएको छ ।

    विगत पाँच वर्षको पर्यटकीय तथ्यांक तुलना गर्दा मुस्ताङमा दोब्बरले पर्यटक बढेका पाइएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्मको ११ महिना अवधिमा स्वदेशी तथा विदेशी पर्यटक गरी छ लाख ७८ हजार ५३६ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत आवमा चार लाख ५४ हजार ३२६ जना स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म स्वदेशी पाँच लाख ३९ हजार ८७२ जना र ७२ देशका एक लाख ३८ हजार ६६४ विदेशी मुस्ताङ आएका हुन् । गत वर्ष तीन लाख ५४ हजार ९२७ नेपाली र ९९ हजार ३९९ विदेशी यहाँ आएका हुन् ।

    चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्ममा स्वदेशी पर्यटकतर्फ सबैभन्दा धेरै कात्तिक महिनामा ९९ हजार १७६ जना र चैत महिनामा ८९ हजार ३४४ जनाले मुस्ताङको भ्रमण गरेका उक्त कार्यालयको अभिलेखमा उल्लेख छ ।

    यसैगरी, विदेशी पर्यटकतर्फ सबैभन्दा धेरै जेठ महिनामा २८ हजार ३७२ जना र वैशाख महिनामा २६ हजार २९ जना विदेशीले मुस्ताङ भ्रमण गरेका थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.