Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » श्रीलङ्काद्वारा यस वर्ष सात करोड ६० लाख डलर बराबरको तस्करी गरिएको लागूऔषध बरामद

    श्रीलङ्काद्वारा यस वर्ष सात करोड ६० लाख डलर बराबरको तस्करी गरिएको लागूऔषध बरामद

    By सूचनापाना९ असार २०८२, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    श्रीलङ्काको लागूऔषध विरोधी अभियानले यस वर्ष सात करोड ६० लाख डलरको सडक मूल्य बराबरको तीन टन (छ हजार छ सय पाउन्ड) भन्दा बढी अवैध लागूऔषध बरामद गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।

    SuchanaPana.com

    सार्वजनिक सुरक्षामन्त्री आनन्द विजेपालाले अधिकांश अवैध लागूऔषध अफगानिस्तान र पाकिस्तानबाट आएको र समुद्री मार्गबाट टापुमा तस्करी भइरहेको बतए । उनले दुई करोड २० लाख जनसङ्ख्या भएको देशमा अनुमानित चार लाख लागूऔषध दुव्र्यसनी रहेको बताए ।

    “हामीले पत्ता लगाउने काम जारी राख्दै मागलाई घटाउन आवश्यक छ”, विजेपालाले कोलम्बोमा पत्रकारहरूलाई भने ।
    जफत गरिएका लागूऔषधको मूल्य २३ अर्ब रुपैयाँ (सात करोड ६० लाख डलर) रहेको प्रहरी प्रमुख प्रियन्थ विरासुरियाले बताए । त्यो सन् २०२४ मा जफत गरिएको २८ अर्ब रुपैयाँ मूल्यको लागूऔषधको नजिक थियो ।
    विरासुरियाका अनुसार लागूऔषध कारोबार र तस्करी गरेको आरोपमा एक हजारभन्दा बढी मानिस पक्राउ परेका छन् । तीमध्ये एक ३८ वर्षीया थाई महिलालाई मे ३० मा कोलम्बो विमानस्थलमा करिब १० किलोग्राम (२२ पाउन्ड) कोकेन बोक्दा पक्राउ गरिएको थियो । यो श्रीलङ्काको प्रवेश विन्दुमा यो लागूऔषधको सबैभन्दा ठूलो पत्ता लागेको मामिला हो ।
    गत महिना पनि बेलायत, भारत र थाइल्यान्डका अन्य तीन जनालाई करिब ६० किलोग्राम (एक सय ३२ पाउन्ड) सिन्थेटिक गाँजा तस्करी गर्ने प्रयासमा पक्राउ गरिएको थियो ।

    कोकेनसहित पक्राउ परेकी थाई महिलासहित सबै चार संदिग्धलाई दोषी ठहरिएमा आजीवन कारावासको सजाय हुनसक्छ ।

    श्रीलङ्काका अधिकारीहरूले पहिले देशको तटबाट ठूलो मात्रामा हेरोइन जफत गरेका छन् । यसले यो मुलुकलाई अन्य स्थानहरूका लागि निर्धारित लागूऔषधको ट्रान्जिट हबका रूपमा प्रयोग भइरहेको सुझाव दिन्छ ।

    अक्टोबरमा श्रीलङ्काको अदालतले १० जना इरानी पुरुषलाई हेरोइन तस्करीमा दोषी ठहर गरेपछि आजीवन कारावासको सजाय सुनाएको थियो ।

    श्रीलङ्काको सबैभन्दा ठूलो एकल लागूऔषध जफत सन् २०१६ डिसेम्बरमा भएको थियो । त्यस समयमा भन्सार विभागले भारत जाने काठको ट्रान्ससिपमेन्ट कन्टेनरमा आठ सय किलोग्राम कोकेन फेला पारेको थियो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.