Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कतारमा रहेको अमेरिकी सैन्य बेसमाथि इरानको सैन्य कारबाही सुरु

    कतारमा रहेको अमेरिकी सैन्य बेसमाथि इरानको सैन्य कारबाही सुरु

    By सूचनापाना९ असार २०८२, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    तेहारन । तेहरानस्थित सरकारी टेलिभिजनले इरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमाथि सैन्य कारबाही सुरु गरेको जानकारी दिएको छ । रोयटर्स र एएफपी समाचार संस्थाहरूले कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिएको रिपोर्ट गरेका छन्।

    SuchanaPana.com

    यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामाथि क्षेप्यास्त्र प्रहार गर्न तयारी गरिरहेको सूचना दिएका थिए। हाल दोहाको आकाशमा फ्लेयरहरु देखिएको बताइएको छ । तर ती हवाई सुरक्षासम्बन्धी प्रणालीबाट प्रक्षेपित गरिएको हो कि क्षेप्यास्त्र हुन् भन्ने कुरा पुष्टि भइसकेको छैन।

    अमेरिकी अधिकारीहरूले पछिल्लो केही दिनदेखि इरानले अमेरिकी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गर्न सक्ने भन्दै उच्च तयारी गरिरहेका थिए। राजधानी दोहाबाट दक्षिणपश्चिममा अवस्थित २४ हेक्टर ९६० एकड० क्षेत्रफलमा फैलिएको अल उदैद एयर बेस अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको अगुवा मुख्यालय हो। कमाण्डले पश्चिममा इजिप्टदेखि पूर्वमा कजाखस्तानसम्म फैलिएको विशाल क्षेत्रको अमेरिकी सैन्य कारबाही निर्देशन दिन्छ।

    सन् १९९६ मा रक्षा सहकार्य सम्झौता मार्फत स्थापना गरिएको यो बेस मध्यपूर्व क्षेत्रको सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा हो, जहाँ झण्डै १०,००० अमेरिकी सैनिक तैनाथ छन्।

    यता, इरानी राष्ट्रपति मासउद पेजेश्कियानले देशले युद्ध सुरु गर्न नचाहेको तर उसमाथि भएको “आक्रमण”लाई चुप लागेर नछोड्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामी आफ्ना जनताको सुरक्षाको पक्षमा उभिन्छौं र इरानको शरीरमाथि लागेको प्रत्येक घाउको जवाफ श्रद्धा, बुद्धिमत्ता र दृढताका साथ दिनेछौँ।”

    यसैबीच कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा निलम्बन गरिएको बताएको छ। कतारको विदेश मन्त्रालयले आफ्नो हवाई क्षेत्रमा अस्थायी रूपमा हवाई यातायात निलम्बन गरिको घोषणा गरेको हो।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.