Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » २० वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

    २० वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

    By सूचनापाना१० असार २०८२, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वानअनुसार २०वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ ।

    SuchanaPana.com

    गत जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादको आह्वानअनुसार यो महाअभियान सञ्चालन गर्न सोमबार मन्त्रिस्तरीय निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

    निर्णयानुसार सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म नेपालभर उपयुक्त जग्गामा वृक्षरोपण गर्ने र लगाएका रुख बिरुवाको संरक्षण गरिनेछ ।

    सगरमाथा संवादले हिमालय क्षेत्रमा हिउँ पग्लिँदै गएको, त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो नकारात्मक प्रभाव पार्ने निश्चित देखिएकाले हिमालय जोगाउन आह्वान गरेको थियो ।

    यस सन्दर्भमा हिमालय क्षेत्र जोगाउने अभियान नेपालबाटै सुरु गरिनु आवश्यक ठानी हिमालय जोगाउने विभिन्न प्रयासमध्ये यो एक महत्त्वपूर्ण महाअभियानका रूपमा हुने वनमन्त्री ऐनबहादुर शाही ठकुरीले बताए ।

    यही असार १४ गते वृक्षरोपण दिवसका दिन महाअभियानको शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ । महाअभियानअन्तर्गत मुलुकभर स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा रोपण गरिनेछ ।

    नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तरराष्ट्रिय प्रतिबद्धता गरेको छ र यस महाअभियानले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने लक्ष्य प्राप्तिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । हरेक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन हुने महाअभियानलाई थप प्रभावकारी बनाउन आ–आफ्नो क्षेत्रबाट सहभागी भई सफल बनाउन विभिन्न निकायलाई अनुरोध गरिएको छ ।

    मन्त्रालयले महाअभियानमा सङ्घीय मन्त्रालय/निकाय (सबै), प्रदेश सरकार (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वन तथा वातावरण क्षेत्र हेर्ने प्रदेश मन्त्रालय), सबै स्थानीय सरकार, वन क्षेत्रमा क्रियाशील सामुदायिक, साझेदारी तथा निजी वनका महासङ्घ, निजी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रलगायत सबै सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    नेपालले सगरमाथा संवादपश्चात सुरु गरिएको महाअभियान हुनाले यसको नामसमेत ‘सगरमाथा वृक्षरोपण महाअभियान’ राखिएको हो । यो अभियानमा आमनागरिकले आफ्ना पूर्वजहरूको सम्झनामा, भावी पुस्ताको सुरक्षित भविष्यका लागि र हाम्रो शिर हिमालयको संरक्षणका लागि वृक्षरोपण गर्न सक्नेछन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.